News Category 2073/07/18
१८ वर्षपछि भारतीय राष्ट्रपतिद्वारा नेपाल भ्रमण
दैनिक समाचारदाता
काठमाडौँ, १७ कात्तिक ।
नेपालको तीन दिने राजकीय भ्रमणमा आइतबारदेखी रहनुभएका भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गर्नुभएको छ ।
भारतीय राष्ट्रपतिको नेपालमा राजकीय भ्रमण १८ वर्ष पछि हो । यसअघि बि. सं. २०५५ सालमा भारतका तत्कालिन राष्ट्रपति केआर नारायणले नेपालको राजकीय भ्रमण गर्नुभएको थियो ।
राष्ट्रपति भण्डारीले उहाँलाई पुष्पगुच्छाले स्वागत गर्नुभएको हो । नेपालका विशिष्ट अतिथि मुखर्जीको स्वागतार्थ विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहाल उपस्थित हुनुहुन्थ्यो ।
राष्ट्रपति भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा विशेष विमानबाट मध्याह्न करिब १२ः२० मा अवतरण गर्नुभएका राष्ट्रपति मुखर्जीलाई नेपाली सेनाको एक टोलीले सम्मान गारत अर्पण गरेको थियो । सो अवसरमा मन्त्रिपरिषद्का सदस्य, परराष्ट्र मन्त्रालय र राष्ट्रपतिको कार्यालयका वरिष्ठ अधिकारीहरू उपस्थित हुनुहुन्थ्यो ।
भारतका राष्ट्रपतिको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी पनि दिएको थियो । विमानस्थलको विशेष समारोहपछि राष्ट्रपति भण्डारीका साथ भारतीय राष्ट्रपति एउटै मोटरमा राष्ट्रपति कार्यालय शीतल निवासतर्फ प्रस्थान गर्नुभएको थियो ।
राष्ट्रपतिको सवारी मार्ग विमानस्थलदेखि राष्ट्रपति कार्यालय शीतलनिवाससम्मको मार्गमा सर्वसाधारण नेपाल र भारतका राष्ट्रिय झण्डा फहराएर अतिथिको स्वागतार्थ उभिएका थिए ।
सो भ्रमण टोलीमा भारतका राष्ट्रपति प्रणव मुखर्जी नेतृत्वको उच्चस्तरीय भ्रमण दलमा रक्षा राज्यमन्त्री सुभास भामरेसहित ६० जना सम्मिलित हुनुहुन्छ ।
प्रतिनिधिमण्डलमा लोकसभा र राज्यसभाका चार सदस्य, भारतको राष्ट्रपति कार्यालयका सचिव ओमिता पल, विदेश मन्त्रालयका सचिव एस जयशङ्करलगायत हुनुहुन्छ ।
परराष्ट्र मन्त्रालयका अनुसार उक्त भ्रमण दलमा भारतको सुरक्षा निकायका उच्च अधिकारी, विदेश मन्त्रालयका पदाधिकारी एवम् सञ्चार सञ्चारकर्मी सम्मिलित छन् ।
यस्तै काठमाडौँ महानगरपालिकाले भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई बिहीबार नागरिक अभिनन्दन गर्ने भएको छ ।
भारतका राष्ट्रपति मुखर्जीको सम्मानमा काठमाडौँ महानगरपालिकाले बिहीबार साँझ करिब ४ बजे राष्ट्रसभागृहमा नगरको साँचो हस्तान्तरण गरी नागरिक अभिनन्दन पत्र प्रदान गर्ने कार्यक्रम रहेको छ । भारतीय राष्ट्रपति मुखर्जी नेपालको तीनदिने राजकीय भ्रमणका लागि बुधबार दिउँसो यहाँ आउँदै हुनुहुन्छ ।
महानगरपालिकाका प्रमुख रुद्रसिंह तामाङले काठमाडौँ महानगरमा विशिष्ट व्यक्तिलाई कुनै पनि बेला आउनका लागि स्वागत छ भन्नका लागि साँचो हस्तान्तरण गर्ने प्रचलन रहेको जानकारी दिनुभयो ।
राष्ट्रपति मुखर्जीलाई काठमाडौँको प्राचीन महत्व झल्कने खालका उपहार प्रदान गर्ने कार्यक्रम पनि रहेको महानगरपालिकाले जनाएको छ ।
भारतीय राष्ट्रपति मुखर्जीको भ्रमणलाई दृष्टिगत गरी भ्रमणको सम्भावित मार्गमा महानगरपालिकाले विशेष सरसफाइ अभियान सञ्चालन गरिएको काठमाडौँ महानगरपालिका वातावरण व्यवस्था महाशाखा प्रमुख रवीनमान श्रेष्ठले बताउनुभयो ।
भारतीय राष्ट्रपति मुखर्जी शुक्रबार पोखरा र जनकपुरस्थित जानकी मन्दिरमा विशेष पुजा गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ