News Category 2073/07/18
पहिलो निस्कृय रहेको भन्दै विकास गर्ने उद्देश्यले समिति निर्माण
दैनिक समाचारदाता
राजविराज, १७ कात्तिक ।
सप्तरीको हनुमाननगर योगिनीमाई नगरपालिकास्थित योगिनीमाई मन्दिरमा दुई वटा समिति निर्माण भएको विषयलाई लिएर दुबै समितिले आ–आफ्नो दाबी गर्दै आएका छन् ।
सोही समिति मध्येका एक माँ योगिनियामाई मन्दिर संरक्षण सम्वद्र्धन विकास समितिका अध्यक्ष कार्तिक कुमार यादवद्वारा बुधबार जारि विज्ञप्तिमा मन्दिरमा समितिले विकास निर्माणका कार्यहरु गरिरहेको भन्दै समिति विकास गर्ने उद्देश्यले निर्माण भएको जनाइएको छ ।
सोही विज्ञप्तिमा २०६२ सालमा निर्माण भएको श्री श्री श्री १०८ जोगिनीमाई मन्दिर सेवा समिति सेवा गर्ने उद्देश्यका साथ मात्र निर्माण भएको जनाउँदै उक्त समिति विगतका वर्षदेखी निस्कृय रहेको आरोप लगाइएको छ ।
विज्ञप्तिमा मन्दिर पुनःनिर्माण र मर्मतका लागि गत आर्थिक वर्षमा उपसभामुख गंगाप्रसाद यादवको पहलमा विभिन्न श्रोतहरुबाट रु. २० लाख रकम बजेट समेत खर्च गरिएको जनाइएको छ ।
यस्तै विज्ञप्तिमा विद्यालयको पुरानो जस्तापाता मन्दिरमा रहेका बाबाजीलाई दिने निर्णय भए अनुसार नै बाबाजीको घर निर्माण कार्य भइरहेको दाबी गरिएको छ भने मन्दिरको पोखरी पुनःनिर्माणमा समेत उपसभामुखकै पहलमा रु. २० लाख खर्चेर बृक्षारोपन, घेरबार गरिएको जनाइएको छ ।
यसअघि २०६२ सालमा निर्माण भएका समितिका अध्यक्ष सुशिल कुमार यादवले उपसभामुखले आफ्नो घरमा लगी राखेको तथा जोगिनी पोखरी मर्मतमा समेत उपसभामुखले ३२ लाख संसदकोषको रकम भ्रष्टाचार गरेको आरोप लगाएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ