News Category 2073/07/24
खुल्ला ठाउँमा दिसा पिसाव फेर्ने आधा दर्जन ब्यक्तिहरुलाई जरिवाना
दैनिक समाचारदाता
राजविराज, २३ कात्तिक ।
सप्तरीको पातो गाविसमा खुल्ला ठाउँमा दिसा पिसाव फेर्ने आधा दर्जन ब्यक्तिहरुलाई जरिवाना वापत दिसा छोपाउनुको साथै कान समाउनु परेको छ ।
जिएसएफ र युएनह्याविटाटको सहयोग तथा सबल नेपाल राजविराजद्वारा संचालित खुल्ला दिसा मुक्त अभियान कार्यक्रम अन्तर्गत पातोबासीको शान, खुल्ला दिसा मुक्त अभियान भन्ने मुल नाराका साथ पातो गाविसमा एक घर एक चर्पी निर्माण कार्यको अभियान तिव्र रुपमा भईरहेको छ ।
सोही क्रममा गाविस स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति पातोको अगुवाईमा सबल नेपालको टिमद्वारा दबाब मुलक कार्यक्रम अन्तर्गत बाहिर दिसा गर्ने पातो गाविस ३ का भागवत साह, रामलखन सदा, सेम्रिका देवी मण्डल, झुटकी गाविस कजरा टोलका चन्द्रदेव यादव, रामअवतार यादव सहितलाई अबदेखि बाहिर दिसा पिसाव नफेर्ने शर्तमा जरिवाना स्वरुप कान समातन लगाएको पातो गाविसका सचिव तथा अध्यक्ष बिनोद कुमार ठाकुरले जानकारी दिनुभयो ।
सचिव ठाकुरका अनुसार पातो गाविसमा एक घर एक चर्पी निर्माण कार्य तिव्र रुपमा भईरहेको तथा अन्तिम दबाबमुलक कार्यक्रम अन्तर्गत सिटी बजाउने कार्यक्रम संचालन भईरहेको बताउनुभयो ।
सबल नेपालले एक घर एक चर्पी निर्माणका लागि त्यस क्षेत्रका पातो, औरही, भुतही, गम्हरीया प्रवाहा, नर्घो, झुटकी, बनैनियाँ, सिम्रहा सिग्यौन, कोचाबखारी, छिन्नमस्ता, मलेकपुर लगायतका गाविसहरुमा सरसफाई अभियानलाई तिव्र पारिएको सबल नेपालका फिल्ड अफिसर शुभ नारायण यादवले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ