News Category 2073/07/25
लेखीलाई एक वर्षसम्म थाकसको कार्यक्रममा समावेश नगराउने निर्णय
दैनिक समाचारदाता
राजविराज, २४ कात्तिक ।
थारु कल्याणकारिणी सभा सप्तरीद्वारा राष्ट्रिय प्रशिक्षण बिभाग प्रमुख तथा आदिबासी जनजाती महासंघका पुर्व केन्द्रिय अध्यक्ष राज कुमार लेखीलाई बहिष्कार गर्ने निर्णय गरेको छ । सप्तरीको जण्डौलस्थित थारु भिलेज रिर्सोटमा मंगलबार बसेको जिल्ला समितीको पुर्ण बैठकले लेखीलाई एक बर्षको लागी बहिष्कार गर्ने निर्णय गरेको हो ।
थारु कल्याणकारिणी सभा सप्तरीद्वारा बुधबार जारी प्रेस बिज्ञाप्ती अनुसार लेखीले हालै सप्तरीको जण्डोलमा कात्तिक १८ देखी २० गते सम्म तीन दिनको लागी तय भएको राष्ट्रिय प्रशिक्षण कार्यक्रम दुई दिनमा समाप्त गरी संगठनको साख गिराउने कार्य गरेको आरोप लगाएको छ ।
विज्ञप्तिमा पूर्व सहमती अनुसर कार्यक्रममा भएको खर्च बिबरण सार्बाजानिक नगरी जिल्ला कार्य समितीलाई हिसाब दिन आवश्यक छैन, भनी बैठक नै नगरी लेखी गएको उल्लेख छ ।
थारु कल्याण कारिणी सभा जस्तो गौरवशाली संगठनको केन्द्रिय प्रशिक्षण बिभाग प्रमुख जस्तो गरिमामय पदमा बसी संगठनको नीति कार्यक्रम र आचारण बिपरित कार्य गरी संगठनलाई कमजोर पारी थारु समुदायको मनोबल गिराउने षडयन्त्र गरेकोले एक बर्षका लागी लेखीलाई बहिष्कार गरी सप्तरीमा हुने थाकसको कुनै किसिमको कार्यक्रममा समाबेश नगराउने निर्णय भएको बिज्ञाप्तीमा उल्लेख छ ।
थारु कल्याण कारिणी सभा सप्तरीका अध्यक्ष अरुण कुमार चौधरीको अध्यक्षतामा सम्पन्न बैठकमा केन्द्रिय सदस्य उचित नारायण चौधरी, पुर्ब केन्द्रिय सल्लाहकार बौली चौधरी लगायतका बिशिष्ट ब्यक्तिहरुको समेत उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ