News Category 2070/06/12
तीन दिन भित्र माग सम्बोधन नभए चरणबद्ध आन्दोलन
दैनिक संवाददाता
राजविराज, ११ असोज ।
बिभिन्न मागसहित आन्दोलन गाविस कर्मचारीहरुको माग सम्बोधन गर्न सरकार गम्भीर नभएको भन्दै बिभिन्न पेशागत संघ संगठनहरुले तीन दिनभित्र माग सम्बोधन नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
नेपाल निजामति कर्मचारी संगठन सप्तरी, कर्मचारी युनियन, कर्मचारी संघ, स्वतन्त्र कर्मचारी मिलन केन्द्र, नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति, राष्ट्रिय कर्मचारी संगठन, गाविस सचिव हकहित संरक्षण केन्द्र, नेपाल शिक्षक युनियन, शिक्षक संगठन, शिक्षक संघ, मधेशी शिक्षक फोरम, स्वास्थ्यकर्मी युनियन, नेपाल बैं. लि. सप्तरी, नेपाल बिद्युत प्राधिकरण कर्मचारी संघ, नेपाल मधेशी निजामति कर्मचारी संगठन, नेपाल स्वास्थ्यकर्मी संगठन, नेपाल बितिय संस्थान कर्मचारी संघ र नेपाल टेलिकम वर्कर युनियन सप्तरीले शुक्रवार संयुक्त प्रेस बिज्ञप्ती जारी गरी यस्तो चेतावनी दिएका हुन् ।
स्थानिय निकाय ठप्प पारेर आफ्ना जायज मागसहित आन्दोलनमा उत्रेका कर्मचारीहरुको माग सम्बोधन गर्न सम्बन्धित निकाय गम्भीर नभएको प्रति गम्भीरध्यानाकर्षण भएको भन्दै ३ दिनभित्र माग सम्बोधन गरी समस्या समाधान गर्न बिज्ञप्तीमा माग गरिएको छ ।
माग सम्बोधन नभए असोज १४ गतेदेखि चरणबद्ध आन्दोलनमा जाने चेतावनी दिदै सहयोग गर्न सबैपक्षसँग आग्रह गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ