News Category 2073/07/27
बोलेरो दुर्घटनामा एकको मृत्यु, तीन घाईते
दैनिक समाचारदाता
राजविराज, २६ कात्तिक ।
पूर्व पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको मधुपट्टी गाबिस ९ स्थित सडक खण्डमा बोलेरो पिकअप भ्यान अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना गम्भिर घाईते भएका छन् ।
पूर्व पश्चिम लोकमार्गमा पूर्वबाट पश्चिम तर्फ जादै गरेको को.१.ज ८९०० नंम्बरको बोलेरो पिकअप भ्यान आफै अनियन्त्रित भई दुर्घटना हुँदा बोलेरोमा सवार सुनसरीको रामधुनी भासी नगरपालिका २ बस्ने वर्ष २२ को सतिस कटुवाल, सोही ठाउँ वडा न.५ बस्ने वर्ष २१ को हरि कटुवाल, चालक १८ वर्षिय लक्ष्मी सुवेदी र नाम थर वतन नखुलेको अन्दाजी ४० वर्षको एक पुरुष गम्भिर घाइते भएका छन् ।
घाईते मध्ये चालक लक्ष्मी सुवेदीको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारको क्रममा शुक्रबारै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
घटना पश्चात् तत्काल ईलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरी टोलीले घाईतेको उद्दार गरी उपचारको लागि लाहान अस्पताल पठाइएकोमा त्यहाँ उपचार हुन नसकी चालक सुवेदी र नाम, थर नखुलेको व्यक्तीलाई थप उपचारको लागी न्युरो अस्पताल विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ