News Category 2073/07/27
संविधान संशोधनको प्रक्रिया अन्तिम चरणमा ः प्रधानमन्त्री “मधेस र मधेसी जनतासँग अझै प्रेम रहेको छ”
दैनिक समाचारदाता
सिरहा, २६ कात्तिक ।
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले असन्तुष्ट पक्षका जायज माग सम्वोधन हुने गरी संविधान संशोधनको प्रक्रिया अगाडी बढ्ेकोले अन्तिम रुप दिने प्रयास भइरहेको बताउनु भएको छ ।
प्रधानमन्त्री भएपछि पहिलो पटक शुक्रवार आफ्नो निर्वाचन क्षेत्र सिरहा क्षेत्र नं. ५ चोहर्वा आउनु भएका प्रधानमन्त्री प्रचण्डले आयोजित बिशाल जनसभालाई सम्वोधन गर्दै सवै दलहरुसँगको छलफल अन्तिम अवस्थामा पुगेकोले अब चाँडै निकास निस्कने दाबी गर्नुभयो ।
सवै क्षेत्रको भावना समेट्ने बाचासहित आफू प्रधानमन्त्री भएको भन्दै प्रधानमन्त्री दहालले सवैलाई मन्य हुने गरी संविधान संशोधनको प्रयास भइरहेको जिकिर गर्नुभयो ।
मन्तव्यकै क्रममा उहाँले आफ्नो मधेस र मधेसी जनतासँग अझै प्रेम रहेको बताउनुभयो । ‘केही साथीहरुले मैले भनेको कुरालाई गिल्ला गरेर उडाउने गरेको भएपनि संविधान संसोधन पछि मधेसी जनतासँग मेरो प्रेम–माया कति छ भन्ने देखाउँछ,’ अध्यक्ष दहालले मन्तव्यको क्रममा व्यक्त बताउनुभयो ।
सोही सभामा प्रधानमन्त्रि प्रचण्डले सिरहाका बिभिन्न क्षेत्रका गर्ने विकास निर्माण कार्यको घोषणा समेत गर्नुभयो ।
त्यस्तै सभालाई सम्वोधन गर्दै कानुनमन्त्री अजयशंकर नायकले मधेसी जनताको भावना अनुकुल कानुन बन्ने दाबी गर्नुभयो । सवै निकायमा समानुपातीक तथा समावेशी लागु हुने गरी कानुन बन्न लागेको समेत मन्त्रि नायकले बताउनुभयो । पूर्व सामान्य प्रशासन मन्त्री रामकुमार यादवको अध्यक्षतामा सम्पन्न सभामा नेकपा माओबादी केन्द्रका केन्द्रीय र जिल्ला स्तारका नेता कार्यकर्ताहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ