News Category 2073/08/02
स्थानीय तह पुनःसंरचना चौध जिल्लाको प्रतिवेदन आउन बाँकी २ नं. प्रदेशमा स्थानिय तहको पुनःसंरचनाका लागि छलफल समेत भएको छैन् ः आयोग
काठमाडौँ, १ मंसिर ।
सरकारलाई प्रतिवेदन बुझाउन तोकिएको कात्तिक मसान्तसम्मको म्याद सकिँदा स्थानीय तह पुनःसंरचना आयोगमा ६१ जिल्लाको प्रतिवेदन प्राप्त भएको छ ।
फागुन मसान्तसम्म अवधि बाँकी भए पनि सरकारले चैतमा स्थानीय तहको निर्वाचन गराउन कात्तिक मसान्तभित्र प्रतिवेदन बुझाउन आयोगलाई भनेको थियो । सबै जिल्लाबाट जिल्ला प्राविधिक सहयोग समितिको प्रतिवेदन प्राप्त नभएकाले सरकारले तोकेको समयमा काम नसकिएको आयोगले जनाएको छ ।
हालसम्म ६१ जिल्लाको प्रतिवेदन प्राप्त भएको र १४ जिल्लाको आउन बाँकी रहेको अध्यक्ष बालानन्द पौडेलले जानकारी दिनुभयो । प्रदेश नं एकका १४ वटै जिल्लाबाट प्रतिवेदन आइसकेको छ । प्रदेश नं दुईमा रहेका तराई– मधेसका आठ जिल्लामध्ये कुनै पनि जिल्लाबाट अहिलेसम्म स्थानीय तहको पुनःसंरचनाका लागि छलफल समेत हुन सकेको छैन ।
प्रदेश नं दुईमा तराई– मधेसका सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्ला पर्छन् । “आठवटै जिल्लाको तथ्याङ्क आयोगसँग छ, जिल्ला तहमै छलफल भएर प्रतिवेदन आओस् भन्ने हाम्रो चाहना हो, नआए आयोगलाई पुनःसंरचना गर्ने अधिकार छ”– आयोग अध्यक्ष पौडेलले भन्नुभयो ।
प्रतिवेदन आउन बाँकी अन्य ६ जिल्लामा पर्वत, रुकुम, कालिकोट, रुपन्देही, नवलपरासी र मनाङ छन् । प्रतिवेदन आएका ६१ जिल्लाको प्रतिवेदनलाई अन्तिम रुप दिने काम भइरहेको छ । आयोगले मङ्सिर दोस्रो सातासम्म सरकारलाई प्रतिवेदन बुझाउने गरी तयारी गरेको उहाँले बताउनुभयो ।
सरकारले असोज मसान्तमा मापदण्ड तोकेर कात्तिक मसान्तमै प्रतिवेदन मागेकाले बुझाउन कठिन भएकोे उहाँले जानकारी दिनुभयो । रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ