News Category 2073/08/02
“सम्भव” जिल्लाको १५ गाविस र दुई नपामा सुरु
दैनिक समाचारदाता
राजविराज, १ मंसिर ।
जिल्ला शिक्षा अधिकारी डोलराज पाण्डेले जिल्लाको शैक्षिक अवस्था एकदमै नाजुक रहेको बताउनुभएको छ ।
युनिसेफको सहयोग तथा सबल नेपालको आयोजनामा बुधबार राजविराजमा आयोजित रेस्टलेसको साझेदारीमा संचालित सम्भव कार्यक्रममा प्रमुख अतिथिको आसन्नबाट बोल्नुहुँदै जिशिअ पाण्डेले जिल्लाका संचालित विद्यालयहरुको नियमित अनुगमन फितलो रहेको, शिक्षक शिक्षिकाहरु समयमा विद्यालय नआउने, विद्यालय नियमित नखुल्ने तथा सम्पुर्ण घण्टी पढाई नहुने गर्दा जिल्लाको शैक्षिक अवस्था खस्किदै गएको बताउनुभयो ।
यस्तै कार्यक्रममा रेस्टलेसका क्षेत्रिय प्रमुख उमाशंकर यादवले रेस्टलेसले १० जिल्लाका बालबालिकाहरुको शिक्षा तथा अतिरिक्त क्रियाकलापमा मद्दत पु¥याउन, बालबालिकाहरुको विभेदमा कमि ल्याउन तथा बालबालिकाप्रति हुने हिंसा र बाल विवाह सम्बन्धि जानकारी दिने उद्देश्यले कार्यक्रम संचालन गर्न लागेको जानकारी दिनुभयो ।
उहाँले सप्तरीको १५ गाविस, कंचनरुप र सप्तकोशी नगरपालिकाको ५० माविमा उक्त कार्यक्रम सुरु गरेको बताउनुभयो ।
सबल नेपालका निर्देशक दिपक कुमार झाको अध्यक्षतामा आयोजित कार्यक्रममा गैसस महासंघका बलदेव मण्डल, जिविस सप्तरीका अधिकृत नवराज खड्का, जनस्वास्थ्य कार्यालयका अधिकृत छेदी यादव, युएनह्याविटाटका जिल्ला संयोजक हरी बुढाथोकी, शिक्षक महासंघका अध्यक्ष फुलेश्वर कुमार मण्डल लगायतकाको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ