News Category 2070/06/13
छिन्नमस्तामा प्रहरी र स्थानियबीच झडप ह“ुदा एक प्रहरीसहित एक दर्जन घाईते
राजविराज÷प्रहरी र स्थानियबासी बिच सप्तरीको छिन्नमस्ता गाविसमा शनिवार झडप हुँदा एक प्रहरी हवल्दार सहित एक दर्जन घाईते भएका छन् ।
बाँध बनाउन प्रयोग गरेको ट्रयाक्टर नेपाल र भारत दुबै देशको सुरक्षाकर्मीले लगेको बिरोधमा प्रदर्शनमा उत्रेको स्थानियबासी र प्रहरीबिच झडप भएको हो ।
नेपाली र भारतीय सुरक्षाकर्मीले लगेको ट्रयाक्टर फिर्ता गर्नुपर्ने माग गर्दै स्थानीयवासीले टायर बालेर बिरोध प्रदर्शन गरेका थिए । बजार बन्द गराएर यातायात अबरुद्ध गरी प्रदर्शनमा उत्रेको स्थानियबासीको प्रदर्शनलाई मथ्थर गर्न नेपाल प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको स्थानियबासी तथा समाज सशक्तिकरण संघका कोषाध्यक्ष बैजनाथ यादवले जानकारी दिनुभयो ।
प्रदर्शनका क्रममा स्थानिय गजानन्द यादव, भुपेन्द्र यादव, देवनारायण यादव, सुधिर यादव, प्रमोद यादव, धनीलाल पण्डित र सुरेन्द्र यादव लगायतका स्थानियबासीहरु घाईते भएका छन् । घाईते सबैको स्थानिय क्लिनिकमा उपचार भईरहेको जनाएको छ । सो क्रममा प्रहरीले आधा दर्जन राउण्ड अश्रुग्यास प्रहार गरेको थियो ।
भारतीय सिमासँग जोडिएको सप्तरीको लालापट्टी–१ स्थित खरहर नदीको गबी बाँध निर्माण गर्न शुक्रवार प्रयोग गरिएको स.१ त. ८४४ नम्बरको ट्रयाक्टर भारतीय एसएसबीले र भारतीय अनटेष्ट ट्रयाक्टर सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि स्थानियहरु आक्रोशित भएको स्थानियहरुले बताएका छन् ।
सो बाँध निर्माण भए सो क्षेत्रको करिब ५ सय बिघा जग्गामा सिंचाई हुने भएकाले आफुहरु बाँध निर्माण गर्न लागेको स्थानिय धीरेन्द्र यादवले बताउनुभयो ।
यता जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरिक्षक श्यामसिंह चौधरीले स्थानियबासीहरुले इलाको प्रहरी कार्यालय छिन्नमस्ता घेराउ गरी यातायात अबरुद्ध गरेकाले हस्तक्षेप गरेको जानकारी दिनुभयो ।
स्थानियबासीहरुले प्रहार गरेको ढुङगा लागेर प्रहरी हवल्दार बलकुमार राई घाईते भएको प्रहरी नायव उपरिक्षक चौधरीले बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/21 प्रहरीको गोलीबाट लालु यादवको मृत्यु, मृत्युको बिरोधमा दिनभर राजविराजमा प्रदर्शन, भिंड नियन्त्रण गर्न तीन राउण्ड आश्रु ग्यास प्रहार
- 2082/04/21 लोहोरोको प्रहारबाट रुपनी गम्भिर घाईते
- 2082/04/20 संघर्ष समितिले चौथो चरणको आन्दोलनका लागि लियो सुझाव
- 2082/04/20 जसपा नेपाल सप्तरीको अध्यक्षमा दोहोरिए केदार
- 2082/04/20 राष्ट्रिय मुक्ति पार्टीको केन्द्रिय महासचिवमा केशव झा र सहमहासचिवमा गजेन्द्र मण्डल
- 2082/04/19 कन्तलालको हत्यामा संलग्नसहित ९ जना आरोपित पक्राउ
- 2082/04/19 जसपा नेपाल सप्तरीको नयाँ नेतृत्वका लागि निर्वाचन सम्पन्न
- 2082/04/19 मिडिया काउन्सीलद्वारा सुझाव संकलन
- 2082/04/18 जसपा नेपाल सप्तरीको निर्वाचन मिति तेश्रो पटक सारियो
- 2082/04/18 करेन्ट लागेर यूवकको मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ