News Category 2073/08/04
न्यायपालिका पनि भ्रष्टाचारबाट अछुतो छैन ः प्रधान न्यायाधिश कार्की
दैनिक समाचारदाता
राजविराज, ३ मंसिर ।
प्रधान न्यायधिश शुशिला कार्कीले न्यायपालिका पनि भ्रष्टाचारबाट अछुतो नरहेको टिप्पणी गर्नुभएको छ ।
शुक्रबार उच्च अदालत जनकपुर राजविराज इजलासको निरिक्षण गर्ने क्रममा पत्रकारहरुसँग भेटघाटका क्रममा उहाँले सो टिप्पणी गर्नुभएको हो ।
उहाँले घुस लिने र दिने दुबै व्यक्ति दोषि रहेकोले कुनै न्यायाधिशले घुस लिएको कुरा हावाको तालमा उडाउनुले सिंगो न्यायपालिका दोषि नहुने बताउनुभयो ।
न्यायपालिकामा पनि समानुपातिक समावेशी हुनु आवश्यक रहेको तर, महिलाहरु पनि न्यायपालिकामा प्रवेश गर्न जागरुक बन्नुपर्नेमा जोड दिनुभयो । छोरी बुहारीलाई घुमटो ओढाएर घरमा बसालेर नपढाउनु र समावेशीको कुरा उठाउने कुरा न्यायसंगत नरहेको बताउनुभयो ।
आदालतले कुनै पनि मुद्दा राजनीतिक आस्थबाट प्रेरित नभएर मुद्दा फच्र्छौट गरिरहेको दाबी गर्दै प्रधान न्यायाधिस कार्कीले मुद्दाको विषय र सैद्धान्तिक आधारमा फैसला हुने गरेको जिकिर गर्नुभयो । प्रधान न्यायाधीस कार्कीले अदालतमा सेवाग्रहीहरुको मुद्दा छिटो, छरितो र न्यायपूर्ण तरिकाले फच्र्छाैट गर्न आफूहरु लागिपरेको बताउनु भयो ।
कुनै पनि मानिस न्यायालयमा प्रवेश गरिसकेपछि उँ कुनै राजनीतिक आस्थबाट प्रेरित छ भने त्यो चाहिँ त्याग्नु पर्ने उहाँको भनाई छ । अदालतमा दुई पक्षबीचको तालमेल नमिल्ने तथा कागजातहरु कमी रहेको कारणले पनि मुद्दा फच्र्छौटमा ढिलाई हुने गरेको उहाँको तर्क छ ।
यसअघि प्रधान न्यायाधिश कार्कीलाई प्रहरीको एक टुक्रिले सलामी चढाएको थियो । यसअघि प्रधान न्यायधिश कार्की प्रसिद्ध छिन्नमस्ता शक्तिपीठमा पुजाआजा गर्नुभएको थियो । शुक्रबारै उहाँले जिल्ला अदालत सप्तरी र सिरहा, उच्च अदालत जनकपुर इजलास राजविराजले गरेको गतिविधीहरुको जानकारी दिने उद्देश्यले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागि हुनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ