News Category 2073/08/04
उपसभामुख बिरुद्ध प्रधान न्यायधिश कार्कीलाई ज्ञापन
दैनिक समाचारदाता
राजविराज, ३ मंसिर ।
उपसभामुख गंगा प्रसाद यादवले न्यायालय समेतलाई छलि अपराधिक कार्य गरेको भन्दै प्रधान न्यायधिश सुशिला कार्की समक्ष ज्ञापन पत्र बुझाइएको छ ।
सप्तरीको १ न. जोगिनिया ६ हाल हनुमाननगर योगिनिमाई नगरपालिका १ बस्ने मोहन माझी यादवले उपसभामुख यादवले बुझाइएको ज्ञापनपत्रमा भनिएको छ, “म र मेरा बुवा चुनी माई झलाइ निर्मता पुर्वक कुटपिट गरेको निजलाई अदालतबाट कैद र जरिवानाको समेत सजाय भएको र निजलाई अदालतबाट पक्राउ गर्न आदेश दिएपनि अदालत समेतलाई छलि ३० वर्षदेखि पक्राउ नगरी अदालतको फैसला र कानुनलाई छलेर बसेका छन् ।”
बुझाईएको ज्ञापन पत्रमा उक्त फैसला कार्यान्वयन गर्नका लागि पुनरावेदन अदालत राजविराजमा परमादेशको आदेश जारी गर्नका लागि सप्तरी जिल्ला अदालतमा रिट दायर गरी २०७२ साल फाल्गुन ३० गतेमा परमादेश जारी भएपनि सो कार्यान्वयन हुन नसकेको उल्लेख गरिएको छ ।
त्यस्तै उपसभामुख पदमा रही निजले किर्ते जालसाज काम गरेको सम्बन्धमा निजको नियुक्ति अवैधानिक छ भनि उजुर परेकोमा सर्वोच्च अदालतबाट संवैधानिक इजलास कायम नभएको कारण सो मुद्दाको सुनुवाई हुन नसकेको भन्दै न्याय पाउनका लागि सप्तरी जिल्ला अदालतलाई तुरुन्त फैसला कार्यान्वयन गर्न आदेश पाउ र संवैधानिक इजलास गठन गर्न माग गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ