News Category 2073/08/05
सात प्रदेश होइन् दश प्रदेश नै चाहिन्छ ः उपेन्द्र यादव
काठमाडौं÷संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले ७ प्रदेशले मुलुकको समस्या समाधान हुन नसक्ने ठोकुवा गर्दै पहिलाको राज्य पूर्नसंरचना आयोगले अघि सारेझैं १० प्लसको अवधारणमा जानुपर्ने बताउनु भएको छ ।
शनिबार काठमाडौंस्थित रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उहाँले उक्त दाबी गर्दै सरकारले तयार पारेको भनिएको संविधान संशोधन प्रस्ताव स्वीकार्य नहुने बताउनु भएको छ ।
संयोजक यादवले अहिले सरकारले ४ बुँदे संशोधनको प्रस्ताव तयार गरेको छ भन्ने हल्ला बाहिर आएको कुरा साँचो हो भने त्यसलाई कुनै हालतमा नमान्ने भन्दै यसले समस्याको समाधान नहुने जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, “एकलौटी ढंगले संशोधन प्रस्ताव दर्ता भयो भने त्यसको कुनै अर्थ हुँदैन, त्यसले समस्याको समाधान वा निकास दिँदैन ।”
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहनुभएका यादवले आफूहरुले संशोधनको नाममा संशोधन मात्रै नखोजेको भन्दै संविधानमा भएका विभेदकारी प्रावधानहरुको अन्त्य हुने गरी संशोधन चाहेको स्पष्ट पार्नुभयो ।
आयोगको प्रतिवेदन, मधेसी मोर्चासँगको सम्झौता र अन्तरिम संविधानमा उल्लेख भए बमोजिम तराई मधेस थरुहट यसमै रहने गरी पूनर्संरचना हुनुपर्नेमा जोड दिनुभयो ।
सरकारले अघि सारेको ४ बुँदे संशोधन प्रस्तावले मधेसी र जनजाति फुटाउन षड्यन्त्र गरेको आरोप लगाउदै पाँच वटा विवादित जिल्लाका समस्या हल गर्न आयोगलाई जिम्मा लगाउने काम पनि मान्य नहुने चेतावनी दिनुभयो । विवादित जिल्लालाई माथिल्लो भागलाई माथि र तल्लो भागलाई तल राख्नुपर्ने उहाँको धारणा छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ