News Category 2073/08/05
सात प्रदेश होइन् दश प्रदेश नै चाहिन्छ ः उपेन्द्र यादव
काठमाडौं÷संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले ७ प्रदेशले मुलुकको समस्या समाधान हुन नसक्ने ठोकुवा गर्दै पहिलाको राज्य पूर्नसंरचना आयोगले अघि सारेझैं १० प्लसको अवधारणमा जानुपर्ने बताउनु भएको छ ।
शनिबार काठमाडौंस्थित रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उहाँले उक्त दाबी गर्दै सरकारले तयार पारेको भनिएको संविधान संशोधन प्रस्ताव स्वीकार्य नहुने बताउनु भएको छ ।
संयोजक यादवले अहिले सरकारले ४ बुँदे संशोधनको प्रस्ताव तयार गरेको छ भन्ने हल्ला बाहिर आएको कुरा साँचो हो भने त्यसलाई कुनै हालतमा नमान्ने भन्दै यसले समस्याको समाधान नहुने जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, “एकलौटी ढंगले संशोधन प्रस्ताव दर्ता भयो भने त्यसको कुनै अर्थ हुँदैन, त्यसले समस्याको समाधान वा निकास दिँदैन ।”
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहनुभएका यादवले आफूहरुले संशोधनको नाममा संशोधन मात्रै नखोजेको भन्दै संविधानमा भएका विभेदकारी प्रावधानहरुको अन्त्य हुने गरी संशोधन चाहेको स्पष्ट पार्नुभयो ।
आयोगको प्रतिवेदन, मधेसी मोर्चासँगको सम्झौता र अन्तरिम संविधानमा उल्लेख भए बमोजिम तराई मधेस थरुहट यसमै रहने गरी पूनर्संरचना हुनुपर्नेमा जोड दिनुभयो ।
सरकारले अघि सारेको ४ बुँदे संशोधन प्रस्तावले मधेसी र जनजाति फुटाउन षड्यन्त्र गरेको आरोप लगाउदै पाँच वटा विवादित जिल्लाका समस्या हल गर्न आयोगलाई जिम्मा लगाउने काम पनि मान्य नहुने चेतावनी दिनुभयो । विवादित जिल्लालाई माथिल्लो भागलाई माथि र तल्लो भागलाई तल राख्नुपर्ने उहाँको धारणा छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ