News Category 2073/08/07
सबै वर्गको माग संविधानमा सुनिश्चित नगरिएसम्म चुनाव हुँदैन् ः अध्यक्ष यादव
दैनिक समाचारदाता
बिरगन्ज, ६ मंसिर ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन गरेर मधेसी, आदिवासी, जनजाति, दलितलगायत सीमान्तकृत समुदायको माग संविधानमा सुनिश्चित नगरिएसम्म मुलुकमा कुनै पनि चुनाव हुन नदिने चेतावनी दिनु भएको छ ।
पर्साको पोखरियामा आइतबार फोरम नेपालले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले सरकारले गर्न लागेको संविधान संशोधनले मधेसका माग सम्बोधन हुने सम्भावना नदेखिएकाले अब फेरि आन्दोलन सुरू हुने बताउनुभयो ।
उहाँले आन्दोलनका लागि तयार रहन मधेसी जनतासँग आग्रह समेत गर्नुभयो । प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसका मुद्दाका सवालमा पटक–पटक आफ्नो बोली फेर्दै आएकाले विगतजस्तै अहिलेको सरकारबाट पनि मधेसीको माग पूरा हुने सम्भावना नदेखिएकाले आन्दोलनको तयारीमा आफूहरू लागिसकेको बताउनुभयो ।
उहाँले भन्ुभयो, ‘अहिले सरकारले गर्न लागेको संविधान संशोधनले मधेसका माग सम्बोधन हुने छाँटकाँट नै देखिएको छैन, त्यसैले आन्दोलनको लागि त्यार बस्नुस् । अबको आन्दोलन मधेसमा मात्र नभई हिमाल र पहाडमा पनि हुन्छ ।’
सरकार र सत्तारुढ दलले आन्दोलनरत् गठबन्धन र मोर्चासँग सहमति नै नगरी आफ्नो स्वास्र्थका लागि एकलौटी ढंगले संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गर्ने षडयन्त्र गरिरहेको यादवको आरोप छ । उहाँले भन्नुभयो, ‘संशोधन प्रस्ताव गठबन्धन र मोर्चाको सहमतिमा संसदमा पेश हुनुपर्छ, यदि सहमतिबिना संविधान संशोधन गरियो भने त्यसको कुनै अर्थ हुँदैन, हामी मान्दैनौं पनि ।’
दाहाल नेतृत्वको सरकार मधेसका माग पूरा गर्ने सहमतिको जगमा बनेको भन्दै यादवले मधेसीको मुद्दा र आवाज नसुनेकाले नै तत्कालीन एमाले नेतृत्वको सरकार पतन भएको जिकिर गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ