News Category 2070/06/13
बस दुर्घटनामा दुईको मृत्यु, १५ घाइते
राजविराज÷पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको रुपनगरमा शनिबार बिहान दुर्घटना हुँदा दुई यात्रुको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।
काठमाडौँबाट काँकडभिट्टातर्फ आउँदै गरेको ना४ख ११०५ नम्बरको मितेरी ट्राभल्स रुपनगर गाविस ५ स्थित पिपलको रुखमा ठोक्किँदा बसमा सवार धनकुटाका लालचन्द्र लामा र काठमाण्डौ मित्र नगर निवासी १८ वर्षिय सुभाष मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
चालक निदाएपछि बस अनियन्त्रित भई रुखमा ठोक्किएको प्रत्यक्षदर्शीले बताएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
सो बस दुर्घटनामा परी घाइते भएका काठमाडौँ बुद्धनगरका सुभाष मगर र भुगेश नागु, भारतको मणिपुर बस्ने कृष्णबहादुर बुढाथोकी, मोरंग बेलबारी ७ का दक्षनारायण चौधरी, भोजपुरका डिल्लीराम राई, झापा दमक– ३ का जितेन्द्र कार्की, मोरंग पथरी– २ का अनिता राईलाई न्युरो अस्पताल विराटनगर पठाइएको छ ।
यस्तै काँकडभिट्टा ११ का सुभाष राई, झापा बुधबारे–२ का सन्त रसाइली र झापा शनिश्चरेका कमल लुईटेलसहितका घाइतेको धर्मेश्वर अस्पताल ठेलियामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ