News Category 2070/06/13
बस दुर्घटनामा दुईको मृत्यु, १५ घाइते
राजविराज÷पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको रुपनगरमा शनिबार बिहान दुर्घटना हुँदा दुई यात्रुको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।
काठमाडौँबाट काँकडभिट्टातर्फ आउँदै गरेको ना४ख ११०५ नम्बरको मितेरी ट्राभल्स रुपनगर गाविस ५ स्थित पिपलको रुखमा ठोक्किँदा बसमा सवार धनकुटाका लालचन्द्र लामा र काठमाण्डौ मित्र नगर निवासी १८ वर्षिय सुभाष मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
चालक निदाएपछि बस अनियन्त्रित भई रुखमा ठोक्किएको प्रत्यक्षदर्शीले बताएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
सो बस दुर्घटनामा परी घाइते भएका काठमाडौँ बुद्धनगरका सुभाष मगर र भुगेश नागु, भारतको मणिपुर बस्ने कृष्णबहादुर बुढाथोकी, मोरंग बेलबारी ७ का दक्षनारायण चौधरी, भोजपुरका डिल्लीराम राई, झापा दमक– ३ का जितेन्द्र कार्की, मोरंग पथरी– २ का अनिता राईलाई न्युरो अस्पताल विराटनगर पठाइएको छ ।
यस्तै काँकडभिट्टा ११ का सुभाष राई, झापा बुधबारे–२ का सन्त रसाइली र झापा शनिश्चरेका कमल लुईटेलसहितका घाइतेको धर्मेश्वर अस्पताल ठेलियामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ