News Category 2073/08/08
पत्रकार र यूवाद्वारा एसपी ढकाललाई सम्मान
दैनिक समाचारदाता
राजविराज, ७ मंसिर ।
सरुवा भएर जान लाग्नु भएका जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख (एसपी) भीम प्रसाद ढकाललाई मंगलबार नेपाल पत्रकार महासंघ सप्तरीले सम्मान तथा सोही दिन सप्तरीका युवाहरुले विदाई गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय क स्सप्तरीमा एक कार्यक्रमको आयोजना गरी पत्रकार महासंघका पूर्व अध्यक्ष बैजनाथ झा र धिरेन्द्र प्रसाद साहले फुलमाला अबिर लगाई सम्मान गर्नुभयो ।
सो कार्यक्रममा प्रहरी नायब उपरिक्षक दान बहादुर कार्की, वरिष्ठ पत्रकार अनिल कुमार अनल, बैजनाथ झा, गणेशलाल देव, महासंघका कार्यवाहक अध्यक्ष श्रवण कुमार देव लगायतको उपस्थिति रहेको थियो ।
यस्तै युवाहरुले सोही दिन विदाई सहित सम्मान गरेको छ । सप्तरी युथ नेपालले आयोजना गरेको विदाई तथा सम्मान कार्यक्रममा एसपी ढकाललाई खादा ओढाएर प्रशंसा पत्र र मायाको चिनो प्रदान गरेका छन् ।
सप्तरी युथ नेपालका संयोजक श्रवणकुमार देवले एसपी ढकाललाई खादा ओढाएर मायाको चिनो र प्रशंसा पत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै एसपी ढकालले आफू जहाँ गएपनि सप्तरीका युवाहरुले शुरु गरेको सकारात्मक कामहरुलाई कहिल्यै नबिर्सने बताउँदै उहाँले आफू गएको ठाउँमा पनि युवाहरुलाई अगाडि बढाउने किसिमको कामहरु गर्ने बताउनुभयो ।
जिल्लाको शान्ति, सुरक्षा लगायत बिभिन्न गतिविधीमा युवाहरुले सघाएको योगदानको प्रसंसा गर्दै युवाहरुलाई साथ र सहयोग दिन यहाँका प्रहरीलाई निर्देशन समेत दिनुभयो ।
सो सम्मान कार्यक्रममा सप्तरीका प्रहरी नायव उपरीक्षक दानबहादुर कार्की, सप्तरी युथ नेपालका अर्थ संयोजक बिष्णु यादव, सरसफाई इन्चार्ज मोहन यादव, व्यवस्थापन संयोजक बिरेन्द्र मण्डलसहितका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
एसपी ढकालको क्षेत्रिय प्रहरी कार्यालय रानी बिराटनगर सरुवा भएको छ । उहाँको स्थानमा नयाँ एसपी दिवेश लोहनी आउँदै हुनुहुन्छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ