News Category 2073/08/10
खतिवडामाथीको अविश्वासको प्रस्ताव बहुमतले पारित, कावा अध्यक्षमा देव
दैनिक समाचारदाता
राजविराज, ९ मंसिर ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष प्रकाश खतिवडाबिरुद्व गत वर्ष दर्ता भएको अविश्वासको प्रस्ताव बहुमतले पारित भएको छ ।
अविश्वास प्रस्ताव दर्ता भएको एक बर्षदेखि बारम्बार स्पष्टिकरण दिनका लागि ताकेता गरेपनि खतिवडाले कुनै वास्ता नगरेको ठहर गर्दै विशेष साधारणसभाले अविश्वासको प्रस्ताव पारित गरेको छ ।
राजविराजस्थित जेसिज भवनमा बिहीबार नेपाल पत्रकार महासंघ सप्तरी शाखाको विशेष साधारणसभाले खतिवडा बिरुद्वको अविश्वासको प्रस्ताव पारित गरेको हो ।
महासंघको विद्यान बमोजिम अविश्वासको प्रस्ताव दर्ता भएपछि विशेष साधारणसभा बोलाएर छलफल गरी प्रस्ताव पारित गरिएको हो । विशेष साधारणसभाले कार्यबाहक अध्यक्षको जिम्मेबारी उपाध्यक्ष श्रवणकुमार देवलाई दिएको छ ।
उपाध्यक्ष देवलाई कावा अध्यक्षको जिम्मेबारी दिएसँगै बैंक तथा वित्तिय संस्थामा रहेको महासंघको खातामा हस्ताक्षर परिवर्तन गर्ने निर्णय समेत गरेको छ ।
यस्तै संघर्ष समितिद्वारा महासंघको भवनमा लगाइएको ताला खोल्ने सहमति भएको छ । संघर्ष समितिको बिभिन्न मागहरु सम्बोधन भइसकेको र लामो समयदेखि महासंघको दैनिक कामकाज अवरुद्व रहेको दृष्टिगत गरी ताला खोल्ने सहमति साधारणसभाले गरेको छ ।
यस्तै सोही सभाले महासंघको आर्थिक कारोबारसहित अन्य गतिविधीबारे उचित छानबिन तथा आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा सिफारिस गर्नका लागि महासंघका पूर्वसभापति बिष्णु कुमार मण्डलको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । सो समितिको सदस्यद्वयमा श्यामसुन्दर यादव र रामनारायण विश्वास रहका छन् ।
विशेष साधारणसभाले महासंघको नयाँ सदस्यता बितरण र नवीकरण गर्नका लागि शाखाका पूर्व अध्यक्ष बैद्यनाथ झाको संयोजकत्जमा प्रेस काउन्सिलका पूर्व सदस्य देवराम यादव र गणेशलाल देवसहितको तीन सदस्यीय समिति गठन गरेको छ ।
यसैगरी विशेष साधारणसभाले विगत लामो समयदेखि वैदेशिक रोजगारीमा गएका कार्य समितिका सदस्यद्वय अम्बिका दाहाल र रामनारायण यादवको सदस्य पद रिक्त गरेको कार्यवाहक अध्यक्ष श्रवण कुमार देवले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ