News Category 2073/08/11
स्वतन्त्र मधेश गठबन्धनका केन्द्रीय संयोजक डा. राउतसहित सयौं पक्राउ
दैनिक समाचारदाता
राजविराज, १० मंसिर ।
स्वतन्त्र मधेश गठबन्धनले शुक्रबार राजविराजसहित मधेशका १५ जिल्लाहरुमा एकै साथ रंगभेद बिरुद्धको दिवस मनाएका छन् । सो क्रममा मधेशका जिल्लाहरुबाट सयौं गठबन्धनका नेता कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
राजविराजस्थित शिव मन्दिरको प्राङ्गणबाट नगरपालिका रोडहुँदै गठबन्धनका नेता कार्यकर्ताहरुले जुलुस निकालेका थिए । तर, प्रहरीको हस्तक्षेप पछि उनीहरुले बाटो परिवर्तन गरि जिल्ला प्रशासन कार्यालय सडक हुँदै जुलुस निकालेका थिए । जुलुस गजेन्द्र चौकमा पुगेपछि पुनः प्रहरीले हस्तक्षेप गर्न खोजेपछि उनीहरुले सोही स्थानमा कोण सभा सम्पन्न गरेका थिए ।
कोण सभामा डा. बिरेन्द्र यादव, गठबन्धनका जिल्ला संयोजक सुरेन्द्र मधेशी, राजनारायण यादव, मो. उस्मान मियाँलगायतका वक्ताहरुले मुलुकमा देखिएको रंगभेदबिरुद्ध आफूहरु लागिपरेको बताउनुभयो ।
प्रहरीले गठबन्धनका नेता कार्यकर्ताले स्वतन्त्र “मधेश स्वराज” लेखिएको टोपी, झण्डा तथा व्यानरहरु खोसेका थिए ।
यस्तै स्वतन्त्र मधेश गठबन्धनका केन्द्रीय संयोजक डा.सीके राउतलाई जनकपुरबाट प्रहरीले पक्राउ गरेको छ । रंगभेदी विरुद्धको दिवस मनाउने क्रममा जनकपुरधामको शिव चौकबाट डा.राउतलाई नेपाल प्रहरीले पक्राउ गरेको हो ।
शिब चौकमा आयोजित सभालाई सम्बोधन गर्न सुरु गरेको एक मिनेट नपुग्दै डा.राउतलाई कार्यक्रम स्थलबाट पक्राउ गरिएको हो ।
हाल डा.राउतलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ।
यसअघि बारह विगहाबाट निस्केको जुलुसमाथि प्रहरीले हस्तक्षेप गरी करिब २६ जना कार्यकर्तालाई पक्राउ गरेको छ ।
नेपाल सरकारले मधेशीहरुलाई रंगको आधारमा विभेद गर्दैै आएको विरोधमा शुक्रबार मधेशभरी रंगभेदी दिवस मनाईएको गठबन्धनले जनाएको छ ।
गत सार्क सम्मेलनको क्रममा मंसिर १० गते काठमाडौंबाट करिब चार सयभन्दा अधिक मधेशीहरुलाई रंगको आधारमा सरकारले पक्राउ गरेको बिरोधमा आजको दिनलाई उनीहरुले रंगभेद बिरुद्धको दिवस गत वर्षदेखी बनाउँदै आएका छन् ।
यता कपिलबस्तुबाट स्वतन्त्र मधेश गठबन्धनका २१ जना कार्यकर्तासहित चार जना बटुवालाई पनि नेपाल प्रहरीले पक्राउ गरेको छ । त्यस्तै स्वतन्त्र मधेश गठबन्धन कपिलबस्तुका संयोजक हकिकुल्लाह खानलाई प्रहरीले विहानै पक्राउ गरेको थियो ।
त्यस्तै रौतहटबाट २० जनालाई पक्राउ गरिएको छ । त्यस्तै नवलपरासीबाट १३ जनालाई पक्राउ गरिएको छ । त्यस्तै, नेपालगंजबाट करिब ५० जना पक्राउ परेको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ