News Category 2073/08/12
योग गुरु रामदेवबाट छिन्नमस्ता भगवतीको पुजापाठ, पशुबलि नचढाउन आग्रह
राजविराज÷लक्षचण्डी रुद्र महायज्ञको पूर्व सन्ध्यामा संसारकै प्रसिद्ध योग गुरु स्वामी रामदेवले शनिबार मुलुककै प्रसिद्ध सप्तरीको छिन्नमस्ता शक्तिपीठमा पुजापाठ गर्नुभएको छ । उहाँसँगै पंतजली योग पीठका आचार्य बालकृष्ण र नेपाली उद्योगी डा. उपेन्द्र महतो समेत आउनु भएको छ ।
बिहान ११ बजे पुजापाठ गर्ने समय रहेपनि तोकिएको समय भदा साढे तीन घण्टा ढिलो सेनाको हेलिकप्टरबाट छिन्नमस्ता शक्तिपीठ आउनु भएका स्वामी रामदेवलाई हेर्न हजारौं जनताहरुको भिंड लागेको थियो । सप्तरी लगायत छिमेकी जिल्ला लगायत भारतीय सीमावर्ती क्षेत्रबाट समेत ठूलो संख्यामा जनसागर ओर्लेको थियो ।
हेलिकप्टबाट ओर्लेर जनताको अभिनन्दन स्विकार्दै स्वामी रामदेव छिन्नमस्ता भगवतीको पुजापाठ गर्नुभएको थियो । पुजापाठ पश्चात् उहाँ नागरिक अभिनन्दन सभालाई सम्बोधन समेत गर्नुभयो ।
सम्बोधन गर्दै उहाँले पशुबलीले समाज र मानवशरीर समेतलाई हानी पु¥याइरहेको भन्दै शक्तिपीठमा पशुबली नचढाउन आग्रह गर्नुभयो । उहाँको आग्रहलाई त्यहा उपस्थिति ठूलो जनसागरले सहज रुपमा स्विकार गरेका थिए ।
यस्तै सोही नागरिक अभिनन्दन कार्यक्रममै उहाका समकक्षी आचार्य बालकृष्णले छिन्नमस्ता शक्तिपीठलाई भारतीय रु. ५ लाख तथा शक्तिपीठका पीठाधिश महाकान्त ठाकुरलाई रु. १ लाख भारतीय रुँपैया दिने घोषणा गर्नुभयो ।
विश्वमा शन्तिको कामना गर्दै उक्त लक्षचण्डी रुद्र महायज्ञ छिन्नमस्ता शक्तिपीठमा आगामी चैतमा हुदैछ । यसअघि सो महायज्ञको हवन स्थलको राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यस गरिसक्नु भएको छ भने प्रधानन्यायधिश शुसिला कार्कीले समेत उक्त मन्दिरमा पुजापाठ गर्नुभएको थियो ।
यसैबीच शक्तिपीठका पीठाधिश महाकान्त ठाकुरले आगमी चैत महिनामा हुन लागेको लक्षचण्डी महायज्ञको उद्घाटन गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ल्याउने आन्तरिक तयारी भइरहेको संचारकर्मीहरुलाई जानकारी दिनुभएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ