News Category 2073/08/13
सहमति, नीति र मिति तोकिए मात्र निर्वाचन सम्भव ः प्रमुख निर्वाचन आयुक्त
दैनिक समाचारदाता
राजविराज, १२ मंसिर ।
प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवले राजनैतिक सहमति, नीति र मिति तोकिए मात्र निर्वाचन गराउन सम्भव हुने बताउनु भएको छ ।
जिल्ला निर्वाचन कार्यालय सप्तरीले आइतबार बिहान राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख आयुक्त डा. यादवले आम जनताको सरोकार रहेको स्थानिय तहको निर्वाचनमा राजनैतिक दलकै उदासिनताले सो कार्य अगाडी बढ्न नसकेको आरोप समेत लगाउनुभयो ।
उहाँले निर्वाचन राष्ट्रका लागि अति आवश्यक रहेको भन्दै निर्वाचन हुनका लागि राजनैतिक दलको सहमति, नीति र मिति तोकिए निर्वाचन कार्यालयले जुनसुकै बेला पनि निर्वाचन गराउन तयार रहेको दाबी गर्नुभयो ।
गृह जिल्ला सप्तरी आउनु भएका डा. यादवले जनता स्थानिय निर्वाचनको पक्षमा रहेको भन्दै राजनैतिक सहमति नमिलेका कारण निर्वाचन अन्यौलमा परेको जिकिर गर्नुभयो । उहाँले विगत २० वर्षदेखी जनप्रतिनिधी बिहीन रहेको स्थानिय निकायले पूर्णता पाउन राष्ट्रिय सहमति आवश्यक रहेको उल्लेख गर्नुभयो ।
उहाँले निर्वाचन गराउन कुनै कानुन नै निर्वाचन आयोगमा प्राप्त भइनसकेको अवस्थामा यथास्थितिमा निर्वाचन सम्भव नरेहको बताउनुभयो । प्रमुख निर्वाचन आयुक्तले कानुन आएपछि मात्र निर्वाचन कार्य अगाडी बढ्ने बताउँदै हाललाई निर्वाचन आयोगले विभिन्न राजनैतिक दल र जनतामाझ जनजागरण अभियान संचालन गरिरहेको उल्लेख गर्नुभयो ।
स्थानिय तह निर्वाचन कार्यविधी मस्यौदा गत साउन १७ मै संसद बैठकमा पठाएको तर हालसम्म पनि कार्यान्वयन हुन नसकेको गुनासो गर्दै प्रमुख आयुक्त डा. यादवले निर्वाचन आयोग ऐन विधेयक मस्यौदा २०७३, मतदाता नामावली विधेयक मस्यौदा र राजनैतिक दल दर्ता सम्बन्धि विधेयक बारे संसदमा छलफल भइरहेको जानकारी दिनुभयो ।
उहाँले विदेशमा रहेका नेपालीहरुको नाम समेत मतदाता नामावलीमा समावेश गर्न आयोगले अनलाइन सफ्टवेयर निर्माण गर्न लागिसेकेको बताउँदै मुलुकमा रहेका मतदाताहरुका लागि पनि अनलाइन प्रविधिबाटै मतदाता नामावली संकलन गर्ने कार्य तर्फ आयोग सक्रिय भइसकेको जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ