News Category 2073/08/13
बम डिस्पोज गर्ने क्रममा चार सुरक्षाकर्मी घाइते
दैनिक समाचारदाता
राजविराज, १२ मंसिर ।
जिल्ला प्रशासन कार्यालय सप्तरीमा राखिएको बम डिस्पोजल गर्ने क्रममा आइतबार साँझ चार जना सूरक्षाकर्मी घाइते भएका छन् ।
घाइते मध्ये एक जना सेनाको श्रीकृष्ण दल गण र तीन जना नेपाल प्रहरीका सुरक्षाकर्मी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी दान बहादुर कार्कीले जानकारी दिनुभयो ।
घाइते मध्ये एक जना सेनाको मुखमा बममा प्रयोग हुने बारुद्धले लागेको छ भने तीन जनालाई शरीरको विभिन्न भागमा सोही बारुद्धले जलाएको छ ।
जिल्ला प्रशासन कार्यालयको कोठा नं. ५ प्रतिलिपी फाँटमा आइतबार बिहान ११ बजेर ४५ मिनेटमा सो बम झोलामा राखिएको थियो । शंकास्पद बस्तु हो भनेर झोला बाहिर तार निक्लेको अवस्थामा सेवाग्रहीहरुले देखेपछि त्यहा कार्यरत एक कर्मचारीले झोला बाहिर निकालेका थिए ।
यता सुरक्षाकर्मीहरुले प्रमुख जिल्ला अधिकारी बलदेव गौतम, सहायक प्रजिअ रामेश्वर अर्याल, अधिकृतको कार्यकक्ष समेत प्रहरीले खाली गराएका थिए ।
उक्त शंकास्पद बस्तु बम हुन सक्ने भन्दै राजविराजस्थित नेपाली सेनाको श्री कृष्ण दल गणबाट आएको बम डिस्पोजल टोलीले ६ घण्टापछि सो बमलाई डिस्पोज गरेको थियो । सोही बम डिस्पोज गर्ने क्रममा चार जना सुरक्षाकर्मी घाइते भएका हु्न् ।
यता बम भेटिएपछि आइतबार दिनभरी जिल्ला प्रशासन कार्यालयको कामकाज प्रभावित भएपछि सेवाग्राहीहरुको विच्चलीमा परेका थिए ।
विगत एक दशकदेखी भुमिगत रहेर विभिन्न गतिविधी गरिरहेको अखिल तराई मुक्ति मोर्चाका संयोजक जयकृष्ण गोइतले संचारकर्मीहरुलाई इमेल पठाएर जिम्मा लिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ