News Category 2073/08/15
मोर्चाले स्थानीय तहको आगामी संरचना सम्बन्धी गोष्ठी विथोल्यो
दैनिक समाचारदाता
राजविराज, १४ मंसिर ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मंगलबार जिल्ला विकास समिति सप्तरीमा आयोजित स्थानीय तह पुर्नसंरचना सम्वन्धी गोष्ठी अवरोध गर्नुका साथै विथोलेको छ ।
जिल्ला विकास समिति महासंघ, नगरपालिका महासंघ र गाबिस महासंघद्वारा संयुक्त रुपमा आयोजनामा गरेको ‘स्थानीय तह सम्बन्धी संवैधानिक व्यवस्था र आगामी संरचना’ कार्यक्रमलाई मोर्चाका नेता तथा कार्यकर्ताहरुले विथोलेका हुन् ।
कार्यक्रम संचालन भएपछि मोर्चाका नेताहरुले नाराबाजी गर्दै विरोध जनाउँदै कार्यक्रमको ब्यानर समेत निकालेर जलाएका छन् । मोर्चाको अवरोधका कारण कार्यक्रम स्थगित भएको छ । मोर्चाका तर्फबाट राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रीय सचिव गजेन्द्र कुमार मण्डल, जिल्ला अध्यक्ष सतिश कुमार सिंह, सद्भावना पार्टीका केन्द्रीय सत्यनारायण यादव, क्षेत्रिय अध्यक्ष लक्ष्मण मण्डल, महिला नेतृ पुनम यादव, कपिलदेव यादवसहित जिल्लाका अन्य नेताहरुले विरोध जनाउँदै कार्यक्रममा अवरोध पु¥याएका हुन् ।
यसअघि पनि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले दुई पटक स्थानीय निकाय पुनर्संरचना सम्वन्धी कार्यक्रम अवरोध गर्दै बिथोलेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ