News Category 2073/08/16
हरिपुर गाविस जिल्लाकै पहिलो “पूर्ण विद्यालय भर्ना”
दैनिक समाचारदाता
राजविराज, १५ मंसिर ।
सप्तरीको हरिपुर गाविस जिल्लाकै पहिलो पूर्ण विद्यालय भर्ना घोषणा भएको छ । यसअघि हरिपुर गाविस जिल्लाकै पहिलो खुल्ला दिसा मुक्त क्षेत्र र पूर्ण खोप गाविस घोषणा भइसकेको छ ।
गाउँ बाल संरक्षण समिति हरिपुरको आयोजना जिल्ला शिक्षा कार्यालय सप्तरीको समन्वय तथा सेभ द चिल्ड्रेन र सबल नेपालको सहयोगमा बुधबार हरिपुर गाविसलाई पूर्ण विद्यालय भर्ना घोषणा गरिएको हो ।
कन्तलाल चौधरीको अध्यक्षता, जिल्ला शिक्षा अधिकारी डोलराज पाण्डेको प्रमुख आतिथ्यमा आयोजित घोषणा कार्यक्रममा सेभ द चिल्ड्रेनका अरुण कुमार महतो, सबल नेपालका निर्देशक दिपक झा, गाविस अध्यक्ष, विभिन्न विद्यालयका प्रअ लगायतको उपस्थिति रहेको थियो ।
सो गाविसमा चार वटा सामुदायिक विद्यालयहरु रहेका छन् । जस मध्ये एउटा आधारभूत र तीन वटा प्रावि रहेको छ । यस्तै ९ वटा बाल विकास केन्द्र रहेको छ भने ५ वटा समुदायमा आधारित र ४ वटा विद्यालयमा आधारित रहेको छ ।
उक्त गाविसमा ३ देखी ४ वर्षका बालबालिकाको संख्या २ सय १८, ५ देखी ९ वर्षका बालबालिकाहरुको संख्या ५ सय ६६, ५ वर्ष देखी १२ वर्षका बालबालिकाको संख्या ८ सय ५९ र १० वर्ष देखी १८ वर्षका बालबालिकाको संख्या ८ सय २५ रहेको आयोजक संस्थाले जनाएको छ ।
यस्तै सो गाविसमा विद्यालय जाने उमेर समूहका १ हजार २ सय ९७ जना बालबालिकाहरु रहेका छन् । जस मध्ये ३ सय ९४ निजि र ९ सय ३ बालबालिकाहरु सामुदायिक विद्यालयमा अध्ययनरत रहेका छन् । हाल गाविसमा १४ जना बालबालिकाहरु मात्र विद्यालय बाहिर रहेको सबल नेपालले दाबी गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ