News Category 2073/08/18
एसपीलाई कारवाहीको माग गर्दै पत्रकारद्वारा प्रदर्शन
दैनिक समाचारदाता
राजविराज, १७ मंसिर ।
पत्रकारलाई कुटपिट गर्ने सप्तरीका प्रहरी प्रमुखको सरुवा माग गर्दै नेपाल पत्रकार महासंघ सप्तरी शाखा आन्दोलनमा उत्रेको छ ।
सप्तरीका नयाँ प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिवेश लोहनीले मंसिर ११ गते योगगुरु रामदेवको समाचार संकलन गर्न जिल्लाको छिन्नमस्ता मन्दिर पुगेका पत्रकार चन्दन यादव र अरुण यादवलाई हातपात गर्दै दुव्र्यबहार गरेको घटनाको बिरोधमा सप्तरीका संचारकर्मीहरु आन्दोलित भएका हुन् ।
महासंघका कार्यवाहक अध्यक्ष श्रवण कुमार देवको नेृतत्वमा शुक्रबार संचारकर्मीहरुले हातमा कालोपट्टी बाँधेर बिरोध जुलुस निकालेका छन् । स्थानिय जेसीज भवनबाट निस्केको जुलुस राजविराज नगरको परिक्रममा गर्दै शिव मन्दिर प्राङ्गणमा पुगेर सम्पन्न भएको थियो ।
राज्यकै प्रमुख अंग प्रहरी र त्यसको जिल्ला प्रमुखले नै संचारकर्मीलाई कुटपिट गरेपनि राज्यले ध्यान नदिएपछि महासंघको अगुवाइमा शनिबार बिहान प्ले कार्डसहित प्रदर्शन गर्ने, स्थानिय पत्रपत्रिकाको सम्पादकीयमा ‘पत्रकार कुट्ने एसपी दिवेश लोहनीलाई सरुवा गर’ लेख्ने तथा आइतबार मैनबत्ति जुलुस प्रदर्शन गरी पेशागत संघ–संगठनका प्रतिनिधीसँग अन्तरकृया गर्ने कार्यक्रम तय भएको कावा अध्यक्ष देवले विज्ञप्ति जारि जानकारी दिनुभएको छ ।
घट्नाको भोलिपल्टै गृह एवं उप प्रधानमन्त्री बिमलेन्द्र निधीलाई सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतम मार्फत प्रहरी उपरीक्षक दिवेश लोहनीलाई सरुवाको माग गर्दै नेपाल पत्रकार महासंघ सप्तरीले बुझाएको ज्ञापन पत्रप्रति कुनै ध्यान नदिएको भन्दै पत्रकार महासंघले थप आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ