News Category 2073/08/18
एसपीलाई कारवाहीको माग गर्दै पत्रकारद्वारा प्रदर्शन
दैनिक समाचारदाता
राजविराज, १७ मंसिर ।
पत्रकारलाई कुटपिट गर्ने सप्तरीका प्रहरी प्रमुखको सरुवा माग गर्दै नेपाल पत्रकार महासंघ सप्तरी शाखा आन्दोलनमा उत्रेको छ ।
सप्तरीका नयाँ प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिवेश लोहनीले मंसिर ११ गते योगगुरु रामदेवको समाचार संकलन गर्न जिल्लाको छिन्नमस्ता मन्दिर पुगेका पत्रकार चन्दन यादव र अरुण यादवलाई हातपात गर्दै दुव्र्यबहार गरेको घटनाको बिरोधमा सप्तरीका संचारकर्मीहरु आन्दोलित भएका हुन् ।
महासंघका कार्यवाहक अध्यक्ष श्रवण कुमार देवको नेृतत्वमा शुक्रबार संचारकर्मीहरुले हातमा कालोपट्टी बाँधेर बिरोध जुलुस निकालेका छन् । स्थानिय जेसीज भवनबाट निस्केको जुलुस राजविराज नगरको परिक्रममा गर्दै शिव मन्दिर प्राङ्गणमा पुगेर सम्पन्न भएको थियो ।
राज्यकै प्रमुख अंग प्रहरी र त्यसको जिल्ला प्रमुखले नै संचारकर्मीलाई कुटपिट गरेपनि राज्यले ध्यान नदिएपछि महासंघको अगुवाइमा शनिबार बिहान प्ले कार्डसहित प्रदर्शन गर्ने, स्थानिय पत्रपत्रिकाको सम्पादकीयमा ‘पत्रकार कुट्ने एसपी दिवेश लोहनीलाई सरुवा गर’ लेख्ने तथा आइतबार मैनबत्ति जुलुस प्रदर्शन गरी पेशागत संघ–संगठनका प्रतिनिधीसँग अन्तरकृया गर्ने कार्यक्रम तय भएको कावा अध्यक्ष देवले विज्ञप्ति जारि जानकारी दिनुभएको छ ।
घट्नाको भोलिपल्टै गृह एवं उप प्रधानमन्त्री बिमलेन्द्र निधीलाई सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतम मार्फत प्रहरी उपरीक्षक दिवेश लोहनीलाई सरुवाको माग गर्दै नेपाल पत्रकार महासंघ सप्तरीले बुझाएको ज्ञापन पत्रप्रति कुनै ध्यान नदिएको भन्दै पत्रकार महासंघले थप आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ