News Category 2073/08/19
मो. इस्लामको अध्यक्षतमा मुलनिवासी मुक्ति पार्टीको घोषणा
राजविराज÷आममुल निवासी मुक्ति मोर्चाको नाममा राजनीति गर्दै आएका मो. इस्लामको अध्यक्षतामा “मुलनिवासी मुक्ति पार्टी” घोषणा गरिएको छ ।
राजविराजमा शनिवार आयोजित पत्रकार सम्मेलनमा सो पार्टीका नेताहरुले निर्वाचन आयोगमा पार्टी दत्र्ता प्रक्रिया पुरा भईसकेको बताएका छन् ।
पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष मो. इस्लामले पार्टी निर्वाचन आयोगमा दत्र्ता भईसकेपछि बिधिवत पार्टीको घोषणा गरिएको र अब पार्टीको एजेण्डाहरु लिएर गाउँ गाउँमा संगठन निर्माणको अभियान शुरु गरिने जानकारी दिनुभयो ।
घोषणा गरिएको मुलनिवासी पार्टीको अध्यक्षमा मो. इस्लाम, उपाध्यक्षमा झब्बर प्रसाद राम, महासचिवमा चन्देश्वर दास, सचिवमा राजकुमार मण्डल र कोषाध्यक्षमा रेणुकुमारी सदा रहेको जनाएको छ ।
यस्तै पार्टीको केन्द्र सदस्यहरुमा मो. सहमुद अली, रुन्दीलाल राम, श्रीदेव यादव, रामकुमारी देवी यादव, कुसुम गडेरी, समिदा खातुन, कृष्णकुमारी तामाङ्ग, परमेश्वर लाल साह, सत्रुधन महरा, बिरेन्द्र पासवान, रामउमेश दास, अर्जुन रिख्यासन, सदानन्द शर्मा, अख्तरी बिवी मियाँ, इफ्रान मियाँ, कामेश्वर खंग, सिता घिमेरे, चण्डिका प्रसाद घिमिरे, प्राणवती वतर्नी, सविता घिमिरे, काशी प्रसाद साह, लक्ष्मी राम, बद्री सदा, सुरेन्द्र कुमार साह, दिनेश डोम, इन्द्रजित मेहता, अन्जुला मंडल र राजेन्द्र राम रहेको पार्टी सचिव राजकुमार मण्डलले जानकारी दिनुभयो ।
शासकहरुले गम्भीर षडयन्त्र गरि तराई मधेशमा सम्राज्यबाद लादेर उपनिबेश कायम नै राख्ने मनुवादी सोचका साथ अघि बढ्ेकाले त्यसबिरुद्ध सशक्त शक्ति निर्माणका लागि पार्टी स्थापना भएको बताउनुहुँदै पार्टीका उपाध्यक्ष झब्बर प्रसाद रामले समता, स्वतन्त्रता, समानता, बन्धुत्व भाईचारा र सामाजिक न्यायका लागि आफ्नो पार्टी क्रियाशील रहने बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ