News Category 2073/08/22
प्रहरी प्रमुखको आत्मलोचनापछि पत्रकारको आन्दोलन स्थगित
दैनिक समाचारदाता
राजविराज, २१ मंसिर ।
विगत ११ दिनदेखी आन्दोलनमा रहेका सप्तरीका पत्रकारहरु मंगलबारदेखी आन्दोलनलाई स्थगित गरेका छन् ।
सप्तरीका प्रहरी प्रमुख एसपी दिवेश लोहनीले राजविराजस्थित नेपाल पत्रकार महासंघको सभाहलमा गएर आत्मलोचना गर्दै घटनाबाट दुःखी भएको बताएपछि नेपाल पत्रकार महासंघ शाखा सप्तरीको बृहत बैठकले आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु स्थगित भएको जनाएको छ ।
मंसिर ११ गते सप्तरीको छिन्नमस्ता शक्तिपीठमा योग गुरु रामदेव स्वामी मन्दिरमा पुजापाठ गर्न आएको बेला प्रहरी प्रमुख लोहनीले पत्रकार चन्दन यादवलाई कुटपिट गर्नुका साथै अन्य पत्रकारसँग दुरव्यवहार गरेका थिए । सोही विषयलाई लिएर सप्तरीका पत्रकारहरुले चरणबद्ध रुपमा आन्दोलन गर्दै आएका थिए ।
पत्रकारलाई कुटपिटको बारेमा गृहमन्त्री समेतलाई ज्ञापनपत्र तथा पहिलो चरणको आन्दोलनका क्रममा हातमा कालो पट्टी बाँधेर बिरोध प्रदर्शन तथा मैनबत्ति जुलुस निकालेका थिए भने दोश्रो चरणका कार्यक्रम अन्तरगत मंगलबार एक घण्टा जिल्ला प्रशासन कार्यालय सप्तरीमा धर्ना दिएका थिए ।
यसैबीच नेपाल पत्रकार महासंघ सप्तरीका कार्यवाहक अध्यक्ष श्रवण कुमार देवले एक विज्ञप्ति प्रेषित गर्दै आन्दोलनप्रति एक्यबद्धता जनाएका सम्पूर्ण राजनीतिक दल, संघसंस्था, बुद्धिजिवि लगायतलाई धन्यवाद दिँदै हार्दिक कृतज्ञा व्यक्त गर्नुभएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ