News Category 2073/08/22
“घर फुसको तर, चर्पी पक्कीको”
दैनिक समाचारदाता
राजविराज, २१ मंसिर ।
खुल्ला दिसा मुक्त अभियान अन्तरगत सप्तरीको पातो गाविसमा अधिकांश स्थानियले घरको अवस्था दयनिय रहे पनि चर्पी भने पक्कीको निर्माण गरेका छन् ।
अहिले स्थानियहरुले आफ्नो कामकाज छोडेर चर्पी निर्माण कार्यलाई प्राथमिक्ता दिईरहेका छन् । गाउँलाई सफा तथा स्वच्छ राख्ने अभिप्रायका साथ लागि परेका पातोबासिले यसै साता भित्रै खुल्ला दिसा मुक्त घोषणा गर्ने प्रतिवद्धता समेत ब्यक्त गरेका छन् ।
पातो गाविस वडा नं. ३ मा अवस्थित सुन्दरपुर बस्तीमा जहाँ सदा (दलित) समुदायको १ सय ६५ घर रहेको छ त्यहा सम्पुर्ण घर फुसको तर, चर्पी भने पक्कीको निर्माण गरेका छन् ।
स्थानीय थकाई सदाले छोरा बिदेश गएकोले आफु र परिवारमात्र घरमा रहेकोेले सुरक्षाको दृष्टीकोणले समेत चर्पी घरमा हुनुपर्ने आवश्यक्ता महसुस गरि चर्पी बनाउन लागेको बताएका छन् ।
कुल ९ सय २६ घरधुरी रहेको उक्त पातो गाविसलाई ३२ औं खुल्ला दिसा मुक्त घोषणा गर्न जिल्ला स्तरीय सरसफाइ तथा स्वच्छता समन्वय समिति सप्तरीमा आवदेन गरिसकेको र यही साता भित्र खुल्ला दिसा मुक्त क्षेत्र घोषणा हुने सबल नेपालका फिल्ड अधिकृत शुभ नारायण यादवले जानकरी दिनुभयो ।
सो गाविसमा कार्यक्रम लागु हुदाँ कुल १ सय ७५ घरधुरीमा मात्र चर्पी रहेको र सबल नेपालबाट परिचालित कर्मचारीहरुले समुदायका ब्यक्तिहरुलाई बिभिन्न किसिमका कृयाक्लाप संचालन गरि जनचेतना फैलाएको कारण यो सम्भव हुन सकेको गाविस सचिव तथा गाविस स्तरीय सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष बिनोद ठाकुरले बताउनु भयो ।
त्यसैगरि पातो गाविस बाहेक औरही र भुतहीमा समेत सोही कार्यक्रम संचालन भइरहेको छ । सो गाविसमा खुल्ला दिसा मुक्त अभियानले तिब्रता पाएपछि ९० प्रतिशत शौचालय निर्माण भई सकेको फिल्ड अधिकृत यादवले जानकारी दिनुभयो ।
जिएसएफ युएनह्याविटाटसँगको साझेदारीमा सबल नेपाल सप्तरीद्वारा संचालित खुल्ला दिसा मुक्त प्रबद्र्धन कार्यक्रम अन्र्तगत समुदायले आप्mनै प्रयासमा चर्पी निर्माण गर्नुले सप्तरी जिल्लालाई निकट भविष्यमै खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गर्न सकिने सबल नेपालका कार्यकारी निर्देशक दिपक कुमार झाले विश्वास व्यक्त गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ