News Category 2073/08/21
पार्टीको गतिविधिलाई निषेध गर्न खोज्नु निरंकुशताको पराकाष्टा भएको एमाले सप्तरीको ठहर
दैनिक समाचारदाता
राजविराज, २० मंसिर ।
मधेशी मोर्चा सप्तरीको नाममा केही मधेशवादी दलहरुले नेकपा एमालेको सप्तरी जिल्लामा कुनै पनि गतिविधी गर्न नदिने निर्णय गरेकोप्रति सो पार्टीको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
नेकपा एमाले सप्तरीका अध्यक्ष गोबिन्द न्यौपानेद्वारा सोमबार जारि विज्ञप्तिमा सो गम्भिर ध्यानाकर्षण भएको जनाउँदै एमाले जस्तो जिम्मेवार पार्टीको गतिविधिलाई निषेध गर्न खोज्नु निरंकुशताको पराकाष्टा भएको ठहर गरेको छ ।
वैचारिक प्रतिष्पर्धा गर्न नसक्नेहरुले निषेध गर्न चाहेको उल्लेख गर्दै विज्ञप्तिमा जनमत र अभिमतको हिसाबले पनि मधेशमा निषेधको राजनीति बिरुद्ध उत्रन सक्षम रहेको जानकारी गराइएको उल्लेख छ ।
विज्ञप्तिमा कुनै पनि दल वा समूहका नाममा गरिने निषेधको राजनीति लोकतान्त्रिक मुल्य र मान्यताको बिरोधी भएको ठहर गर्दै जो सुकै दल वा समूहको नाममा जारि गरिएको उर्दी खारेज गर्दै कुनै पनि खालको यस्ता गतिविधि नगर्न सम्बन्धित सबैमा आग्रह गरिएको छ ।
विज्ञप्तिमा द्वन्द्व सृजना खोज्ने तत्वहरुप्रति सजग रहन सबैलाई आह्वान गर्दै यसबाट यस्ता तत्वहरुबाट हुन सक्ने सम्भावित अशान्ति र असुरक्षाप्रति सचेत रहन स्थानिय प्रशासनको ध्यानाकर्षण गराइनुका साथै मुलुकका कुनै पनि भुभागमा आन्दोलनको नाममा हुने साम्प्रदायिक सद्भाव खलबलाउने कार्यको घोर भत्र्सना गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ