News Category 2073/08/25
क्षेत्रीय भारत्तोलन सुरु, आमा प्रथम छोरी दोश्रो
दैनिक समाचारदाता
राजविराज, २४ मंसिर ।
सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि राजविराजमा शुक्रवारदेखि पुर्वाञ्चल क्षेत्रीय भारत्तोलन प्रतियोगिता सुरु भएको छ ।
शुक्रबार सम्पन्न महिलातर्फको खेलमा आमा छोरी सहभागि भई उत्कृष्ट प्रदर्शन गरेका छन् ।
प्रतियोगितामा सप्तरीवाट ६३ केजी तौल समुहमा सहभागी ३२ वर्षिया शान्ति चौधरीले १ सय ३० केजी उचालेर प्रथम स्थान प्राप्त गरेकी छिन् ।
४८ केजी तौल समुहमा सप्तरीवाट सहभागि उनकी १६ वर्षिया छोरी पल्लवी चौधरी ४९ केजी तौल उठाएर दोश्रो भएकी छिन् ।
महिलातर्फको सात तौल समुहका खेलाडि छनौट प्रतियोगितामा ४८ केजि तौल समुहमा ७५ केजी तौल उठाएर मोरङ्गकी मनिसा चौधरी प्रथम र ५३ केजी तौल समुहमा ७७ केजी तौल उठाएर सप्तरीकी सरस्वती चौधरी प्रथम भएकी छिन् ।
यस्तै ५८ केजी तौल समुहमा सिराहाकी सिर्जना चौधरी र ६९ केजी तौल समुहमा सिराहाकै पुस्पा चौधरी प्रथम भएकी छिन् ।
७५ केजी तौल समुहमा सिरहाकै कान्ता भुजेल र प्लस ७५ केजी तौल समुहमा सोही जिल्लाकी मनिता चौधरी प्रथम भई सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनौट भएका छन् ।
पुरुषतर्फको खेल भने जारी रहेकाले शनिवारै मात्रै अन्तिम परिणाम आउने भारत्तोलनका वरिष्ठ प्रशिक्षक तिलक राउतले जानकारी दिनुभयो ।
जिल्ला खेलकुद विकास समिति सप्तरीको संयोजनमा भईरहेको प्रतियोगितामा पुर्वाञ्चलका ९५ प्रतियोगिहरु सहभागि छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ