News Category 2073/08/25
बस दुर्घटनामा चारको मृत्यु
दैनिक समाचारदाता
उदयपुर, २४ मंसिर ।
उदयपुर जिल्लाको लेखानी गाविस ५ भदौरे भन्ने स्थानमा शुक्रबार विहान बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
सो दुर्घटनामा परी मृत्यु हुनेहरुमा सप्तरीको मुधुपट्टी गाविस ८ स्थित जनचेतना दलित संगम नामक गैरसरकारी संस्थाको भ्रमण टोलीका सदस्यहरु रहेका छन् । संस्थाले भ्रमण टोलीका सदस्यहरुलाई हलेसी दर्शन गराउन लगेको थियो ।
दुर्घटनामा जनचेतना दलित संगमका अध्यक्ष गणेश रामकी ३३ वर्षीया श्रीमति कुसुम देवी राम र उनका १३ वर्षीय छोरा दिपेश रामको रहेका छन् । यस्तै मधुपट्टी गाबिस ६ की ६० वर्षीया सरस्वतीदेवी राम र ठकन रामको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बसमा सवार ४२ जना मध्ये १० जना गम्भीर र अन्य २९ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको कटारी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
खोटाङको प्रसिद्ध हलेसी महादेव मन्दिरको दर्शन गरेर फर्किँदै गरेका तीर्थयात्री सवार ना ४ ख ३६२० नम्बरको बस कटारी घुर्मी सडकखण्ड अन्तर्गत उदयपुरको लेखानी ५ भदौरे करिब २ सय मिटर तल खसेको थियो ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय कटारी, जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी घुर्मीबाट प्रहरी टोली खटि गई घाइतेहरुको उद्दार गरी उपचारका लागी पठाएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ