News Category 2073/08/29
मानवअधिकार उल्लंघनका घटनामा बृद्धि ः इन्सेक सप्तरी
दैनिक समाचारदाता
राजविराज, २८ मंसिर ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सप्तरीले जिल्लामा पछिल्लो समय मानवअधिकार उल्लंघनका घटनामा बृद्धि भएको जनाएको छ ।
इन्सेक सप्तरीका प्रतिनिधी मनोहर पोखरेलले मंगलबार वर्ष पुस्तकको पूर्व समिक्षा र जिल्लाको मानवअधिकारको अवस्था विषयक छलफलमा सार्वजनिक गर्नुभएको प्रतिवेदन अनुसार सप्तरीमा पछिल्लो एक वर्षमा तीन सय ७९ वटा मानवअधिकार हनन्को भएको उल्लेख छ ।
प्रतिवेदनमा सन् २०१६ मा एक असईसहित एक बालक, दुई बालिका, चार महिला र कथित बोक्साको आरोपमा एक पुरुषको हत्या भएको उल्लेख छ ।
जस मध्ये सबैभन्दा बढी घरेलु हिंसाका दुई सय ८३, बालिका बलात्कारका १७, बालिका बलात्कार प्रयासका नौ, महिलामाथि बलात्कारका पाँच, महिलामाथि बलात्कार प्रयासका नौ, गर्भपतनको तीन, कथित बोक्सीको पाँच, बहुविवाहका १५, बालविवाहको दुई, बिद्यार्थीमाथि कुटपिटको चार, बम विष्फोटको चार, अपहरणको तीन घटना छन् ।
यता राज्यबाट यातनाको एक, अभिव्यक्ति स्वतन्त्रतताका पाँच, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी तीन, प्रधानाध्यापकमाथि र पत्रकारहरुमाथि कुटपिटका १÷१ घटना प्रतिवेदनमा समेटिएको छ ।
उक्त छलफलमा सहभागी अधिकारकर्मी र सञ्चारकर्मीहरुले बढ्दो हिंसाका कारण प्रहरी र अदालतमा घरेलु हिंसा, मानाचामल, नाताकायम, सम्बन्ध विच्छेदका उजुरीको संख्यामा उल्लेख्य बृद्धि भएको बताए ।
छलफलमा स्थानीय शान्ति समितिका संयोजक निरन्जन झा, नेकपा एमालेका अशोक यादव, संघीय समाजवादी फोरम नेपालका नवनित झा, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका भोगेन्द्र चौधरी, सदभावना पार्टी अध्यक्ष सुनिल झाले सुझावहरु दिनुभएको थियो ।
प्रेस स्वतन्त्रता सेनानी बैधनाथ झाको अध्यक्षता एवं जिल्ला न्यायाधीश बिनोद कुमार गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्याल, सशस्त्र प्रहरी उपरिक्षक जनकबहादुर खड्का, प्रहरी नायव उपरिक्षक दानबहादुर कार्की, निमित्त जिल्ला न्यायाधिवक्ता बद्रीबहादुर कार्कीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
जिल्ला अदालतका शाखा अधिकृत हरी प्रसाद रेग्मी, कारागार कार्यालयका प्रमुख कृष्ण दाहाल, महिला तथा बालबालिका कार्यालयकी अनीता चौधरी, यूएनएफपिएकी सुजाता सुब्बा, हुपेकका धम्रेन्द्र यादव, सेफ हाउसकी विष्णु कोइराला, ओसिएमसीका मनिषा सिम्खडा, महिला सचेतना समाजकी सुनिता साहलगायतले कार्यपत्रमाथि थप जानकारी दिनुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/03/30 उपचार खर्च माग्दै पीडित परिवार तथा आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी
- 2082/03/30 सामुदायिक खानेपानीमा करछुटको माग
- 2082/03/30 राजदेवी रोयल्स र तिरहुत टाइगर्स सेमिफाइनलमा प्रवेश
- 2082/03/22 सैनिक जनशक्ति फिर्ता जाने भएपछि स्थानीय उत्रे आन्दोलनमा
- 2082/03/22 सकियो मेयरकप ब्याडमिन्टन
- 2082/03/22 सडक मै ढाट तेर्साएर चक्काजाम
- 2082/03/19 एमाले सप्तरीमा निकै असन्तुष्टि, मन्त्रीले ल्याएको विकास योजनामा आफ्नै नेताहरुबाट बिरोध
- 2082/03/19 एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सुरुङ्गा नगरपालिकाद्वारा नगदसहित पुरस्कृत
- 2082/03/19 लाखौं मुल्य बराबरको भन्सार छलेका सामानहरु बरामद
- 2082/03/18 भ्रामक समाचार हाल्नेविरुद्ध कानुन अनुसार अघि बढ्ने ः पत्रकार महासंघ सप्तरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ