News Category 2073/08/29
मानवअधिकार उल्लंघनका घटनामा बृद्धि ः इन्सेक सप्तरी
दैनिक समाचारदाता
राजविराज, २८ मंसिर ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सप्तरीले जिल्लामा पछिल्लो समय मानवअधिकार उल्लंघनका घटनामा बृद्धि भएको जनाएको छ ।
इन्सेक सप्तरीका प्रतिनिधी मनोहर पोखरेलले मंगलबार वर्ष पुस्तकको पूर्व समिक्षा र जिल्लाको मानवअधिकारको अवस्था विषयक छलफलमा सार्वजनिक गर्नुभएको प्रतिवेदन अनुसार सप्तरीमा पछिल्लो एक वर्षमा तीन सय ७९ वटा मानवअधिकार हनन्को भएको उल्लेख छ ।
प्रतिवेदनमा सन् २०१६ मा एक असईसहित एक बालक, दुई बालिका, चार महिला र कथित बोक्साको आरोपमा एक पुरुषको हत्या भएको उल्लेख छ ।
जस मध्ये सबैभन्दा बढी घरेलु हिंसाका दुई सय ८३, बालिका बलात्कारका १७, बालिका बलात्कार प्रयासका नौ, महिलामाथि बलात्कारका पाँच, महिलामाथि बलात्कार प्रयासका नौ, गर्भपतनको तीन, कथित बोक्सीको पाँच, बहुविवाहका १५, बालविवाहको दुई, बिद्यार्थीमाथि कुटपिटको चार, बम विष्फोटको चार, अपहरणको तीन घटना छन् ।
यता राज्यबाट यातनाको एक, अभिव्यक्ति स्वतन्त्रतताका पाँच, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी तीन, प्रधानाध्यापकमाथि र पत्रकारहरुमाथि कुटपिटका १÷१ घटना प्रतिवेदनमा समेटिएको छ ।
उक्त छलफलमा सहभागी अधिकारकर्मी र सञ्चारकर्मीहरुले बढ्दो हिंसाका कारण प्रहरी र अदालतमा घरेलु हिंसा, मानाचामल, नाताकायम, सम्बन्ध विच्छेदका उजुरीको संख्यामा उल्लेख्य बृद्धि भएको बताए ।
छलफलमा स्थानीय शान्ति समितिका संयोजक निरन्जन झा, नेकपा एमालेका अशोक यादव, संघीय समाजवादी फोरम नेपालका नवनित झा, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका भोगेन्द्र चौधरी, सदभावना पार्टी अध्यक्ष सुनिल झाले सुझावहरु दिनुभएको थियो ।
प्रेस स्वतन्त्रता सेनानी बैधनाथ झाको अध्यक्षता एवं जिल्ला न्यायाधीश बिनोद कुमार गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्याल, सशस्त्र प्रहरी उपरिक्षक जनकबहादुर खड्का, प्रहरी नायव उपरिक्षक दानबहादुर कार्की, निमित्त जिल्ला न्यायाधिवक्ता बद्रीबहादुर कार्कीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
जिल्ला अदालतका शाखा अधिकृत हरी प्रसाद रेग्मी, कारागार कार्यालयका प्रमुख कृष्ण दाहाल, महिला तथा बालबालिका कार्यालयकी अनीता चौधरी, यूएनएफपिएकी सुजाता सुब्बा, हुपेकका धम्रेन्द्र यादव, सेफ हाउसकी विष्णु कोइराला, ओसिएमसीका मनिषा सिम्खडा, महिला सचेतना समाजकी सुनिता साहलगायतले कार्यपत्रमाथि थप जानकारी दिनुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ