News Category 2073/08/29
चिसो बढेसँगै धुनियाहरुलाई सिरक डस्ना बनाउन भ्याई नभ्याई
दैनिक समाचारदाता
राजविराज, २८ मंसिर ।
मौसम परिवर्तनसँगै विगत एक सातादेखी वढेको चिसो, शीतलहर र हुस्सुका कारण सप्तरीको जनजीवन कष्टकर वनेको छ ।
यता चिसो बढेसँगै सप्तरी सदरमुकाम राजविराजमा सिरक डस्ना बनाउने धुनियाँहरुलाई भ्याई नभ्याई भएको छ । धुनियाहरुले एक दिनमा ८ देखी १० वटा सम्म सिरक डस्ना बनाउने गरेका छन् । जिल्लाको जमुनी मधेपुरा गाविस ८ थलि टोल निवासी ५० वर्षिय मो. इस्लामले वर्षभरी त्यतीकै बस्ने गरेको तर अहिले एक दिनमै चारसय देखी पन्द्र सय सम्म कमाउने गरेको बताउछन् ।
सानै उमेरदेखी सिरक डस्ना बनाउने पेशामा उहाँ लागिपरेको बताउँदै अहिले सोही कार्य गरेर परिवारका चार सदस्यको पालनपोषण समेत गरिरहेको बताउनुहुन्छ ।
यस्तै चिसोका कारण बालबालिकाहरु पनि प्रभावित भएका छन् । राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा बिरामीहरुको बढेका छन् । खासगरी अस्पतालमा बालबालिका, वृद्धवद्धामा लाग्ने निमोनिया, खोकी, घाँटी दुख्नेजस्ता रोगका बिरामी अस्पतालमा देखापर्न थालेको बताइएको छ ।
यस्तै, बालबालिकामा कोलडेरिया, निमोनिया, ज्वरो, घाँटी दुख्ने, घाँटीमा टन्सिल देखापर्नेजस्ता बिरामी अहिले अस्पतालमा उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ ।
यता शीत लहरले चिसो वढेपछि वजारमा चहलपहल निकै घटेको छ भने अत्याधिक कुहिरोका कारण यातायातका साधनहरु न्यून मात्रामा चल्नुका साथै मानिसहरुलाई घर वाहिर निस्कन समेत समस्या भएको छ । अत्याधिक चिसोका कारण विभिन्न सरकारी कार्यालयहरुमा सेवाग्राहीको कम भीड लाग्न थालेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ