News Category 2073/08/30
छुट्टाछुट्टै दुर्घटनामा तीनको मृत्यु
दैनिक समाचारदाता
राजविराज, २९ मंसिर ।
सप्तरी, सुनसरी र झापामा भएको छुट्टाछुट्टै दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।
सप्तरीको कंचनपुरमा मंगलबार मोटरसाइकल र साइकल ठोक्किंदा मोटरसाइकल पछाडी सवार एक जनाको मृत्यु भएको छ भने साइकलयात्रीसहित अन्य दुई जना घाइते भएका छन् ।
को १७ प ६८९० नम्बरको मोटरसाइकलले कंचनरुप नगरपालिका ७ मा साइकलयात्रीलाई जोगाउन खोज्दा उक्त दुर्घटना भएको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल पछाडी सवार रहेका सुनसरी ईनरुवा नगरपालिका २ का अन्दाजी ५९ वर्षिय नारायण भट्टराई छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका नारायणको उपचारका क्रममा राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा मृत्यु भएको हो ।
यता सो दुर्घटनामा मोटरसाइकल चालक सुनसरी ईनरुवा २ का महेश भट्टराई र साइकलमा सवार कंचनरुप नगरपालिका ७ का २८ वर्षिय मधु साह घाइते भएका छन । साह मोटरसाइकलको ठक्करबाट सामान्य घाइते भएका हुन । उनको धर्मेश्वर अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते मोटरसाइकल चालकलाई सगरमाथा अंचल अस्पताल लगिएको छ ।
यसैगरि कोशी राजमार्ग अन्तरगत सुनसरीको दुहबी भलुवा नगरपालिका ४ मा मंगलबार टिपरले ठक्कर दिएर साइकलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोरङ पथरी(शनिश्चरे नगरपालिका ४ बस्ने अन्दाजी ४० वर्षका नारायण लुईटेल रहेका छन । लुईटेललाई ईटहरीबाट बिराटनगरतर्फ आउदै गरेको को. १ ख ४६६९ नम्बरको टिपरले ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारकालागी बिराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ । टिपर र चालक इलाका प्रहरी कार्यालयमा राखिएको छ ।
यस्तै झापाको दमक नगरपालिका १० मा मंगलबारराती नम्बर नखुलेको कारले ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मे ८ प ११९३ नम्बरको मोटरसाइकल चालक मोरङ उर्लाबारी नगरपालिका ६ मङलबारे बस्ने ३९ वर्षिय राजन कुँइकेल रहेका छन । कुईकेललाई दमक १० राजमार्गमा नम्बर नखुलेको निलो कारले ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका चालकलाई उपचारकालागी लाईफ लाईन अस्पताल दमकतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । ठक्कर पश्चात् फरार कार तथा चालकको प्रहरीले खोजी गरिरहेको जनाएको क्षेत्रिय प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ