News Category 2070/02/30
वातावरण प्रदूषितस“गै सप्तरी ७५ औं जिल्लामा
दैनिक संवादाददाता
राजविराज, २९ जेठ ।
जताततै फोहोर । दिशा, पिसाव तथा सडेगलेका वस्तुहरु फयाँकिने बानीका कारण वातावरण प्रदूषित भइरहेको छ नै, सप्तरी जिल्ला सरसफाईको मामिलामा मुलुककै सबैभन्दा पिछडिएको जिल्लाको रुपमा समेत परिचित बनिसकेको छ ।
मुलुकको ७५ जिल्लामध्ये यो जिल्ला सरसफाईको मामिलामा सबैभन्दा पुछारको जिल्लामा छ । सरसफाईको सूचकांक शौचालयलाई आधार मानेर गरिएको सर्वेक्षणमा यो जिल्ला ७५ औं जिल्लामा परेको बुधबार राजविराजमा आयोजित एक पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय राजविराजले आयोजना गरेको पत्रकार सम्मेलनमा सरसफाई तथा ढल निकास विभागका रामचन्द्र साहले आफू सप्तरी जिल्लाकै बासिन्दा भएपनि यो तथ्याङ्कले लज्जित बनाएको बताउनुभयो । उहाँले सबै घरमा शौचालय बनाएर प्रयोग गरिए सरसफाई आफैं हुने भएकाले यसतर्फ सबैले ध्यान दिनुपर्नेमा जोड् दिनुभयो ।
सप्तरीमा भएको १ लाख २९ हजार ८ सय ८५ घरधुरी भएको जानकारी दिदैं सरसफाई डिभिजन कार्यालय सप्तरीका प्रमुख राजकुमार गोइतले शौचालय बनाउने घरधुरी २६ हजार ५ सय ८५ मात्र भएको सुनाउनुभयो । शौचालय बनाउनका लागि बिभिन्न किसिमका चेतनामूलक कार्यक्रम गरेपनि फलदायी बन्न नसकिरहेको बताउँदै उहाँले यस पटकको सरसफाई सप्ताह अन्तर्गत आगामी असार १ र २ गते सरसफाई सम्मेलनकै आयोजना गरिने जानकारी दिनुभयो ।
जिल्ला विकास समिति सप्तरीमा हुने सम्मेलनमा जिल्लाको १ सय १४ वटै गाविसका सचिव, बिभिन्न संघ–संस्थाका पदाधिकारी, सरकारी निकायका प्रतिनिधीसहितको उपस्थिति रहनेछ । सम्मेलनमा शहरी विकास मन्त्रालयबाट पनि बिभिन्न पदाधिकारीको सहभागिता रहनेछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ