News Category 2073/09/01
बैदेशिक रोजगारीमा जाने ५० जनाले लिए निशुल्क सीप तालिम
दैनिक समाचारदाता
राजविराज, ३० मंसिर ।
सप्तरीमा विगत तिन वर्षमा बैदेशिक रोजगारका लागि जाने ५० जना व्यक्तिहरुले निशुल्क सीप तालिम लिएका छन् ।
सुरक्षित बैदेशिक रोजगार सम्बन्धी सरोकारवालाहरुसँग समन्वय बैठकमा सो कुराको जानकारी दिइएको छ ।
सप्तरी सामुदायिक विकास केन्द्र नेपालको आयोजना तथा हेल्भिटास नेपाल र सामी प्रयोजनाको सहयोगमा बिहीबार राजविराजमा आयोजित समन्वय बैठकमा सो जानकारी दिइएको हो ।
सम्पन्न बैठकमा संस्थाद्वारा संचालित सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रमा सन् २०७१÷७२ मा ३ हजार १ सय ६, ७२÷७३ मा २ हजार १ सय ४३ तथा चालु आब २०७३÷७४ मा २ हजार १ सय ९ गरि ७ हजार ३ सय ५८ जनाले बैदेशिक रोजगार जानु अघि आवश्य परामर्श लिएको परियोजना संयोजक रामप्रमेश मण्डलले जानकारी दिनुभयो ।
यस्तै २०७१÷७२ मा २ सय ५ वटा, ७२÷७३ मा ३ सय ५८ वटा तथा चालु आब २०७३÷७४ मा १ सय २२ वटा बैदेशिक रोजगारमा जानेहरु ठगिएको उजुरी दर्ता भएको जनाइएको छ ।
मुलुक भरीमा युवाहरु बैदेशिक रोजगारका लागि जाने जिल्लामा सप्तरी सातौं स्थानमा रहेको तथा यस जिल्लाबाट करिब ७५ हजार युवाहरु बैदेशिक रोजगारीका लागि गएको तथ्याङ्क बैठकमा सार्वजनिक गरिएको छ । जसमा सबैभन्दा बढी मलेशिया ३१ हजार ९ सय ७१, कुवेत १ हजार ६ सय ६४, दुबई २ हजार ३ सय ६४ र बहराइन १ सय २९ जना गएका छन् ।
सप्तरी सामुदायिक विकास केन्द्र नेपालका अध्यक्ष शम्भुनन्द चौधरीको अध्यक्षतामा आयोजित बैठकमा विभिन्न संस्थाका पदाधिकारीहर, संचारकर्मी तथा जिल्ला विकास समिति सप्तरीका अधिकृत नवराज खड्का लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ