News Category 2073/09/02
उपप्राध्यापक गुप्ताको दुई पुस्तक विमोचित
दैनिक समाचारदाता
राजविराज, १ पुस ।
महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसका उपप्राध्यापक सुरेन्द्र गुप्ताद्वारा लिखित दुई पुस्तकको शुक्रबार एक कार्यक्रम बीच विमोचन गरिएको छ ।
उपप्राध्यापक गुप्ताको दुई पुस्तक “व्यावहारीक हिन्दी पत्रकारिता” र “हिन्दी के मुहावरे तथा लोकोक्तियाँ” पुस्तकको विमोचन गरिएको हो ।
“व्यावहारिक हिन्दी पत्रकारिता” पुस्तकको समिक्षा गर्दै सप्तरीका वरिष्ठ पत्रकार अनिल कुमार अनलले पत्रकारिता विषयमा प्रकाशित पुस्तकले निकै सहयोग गर्ने बताउँदै हिन्दी भाषाको उत्थानमा समेत महत्वपूर्ण योगदान पु¥याउने धारणा व्यक्त गर्नुभयो ।
यस्तै गुप्ताद्वारा लिखित अर्को पुस्तक “हिन्दी के मुहावरे तथा लोकोक्तियाँ” बारे समिक्षा गर्दै प्राध्यापक दयानन्द मिश्र तथा करुण झाले हिन्दी भाषाको उत्थानका लागि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल हिन्दी प्रतिष्ठान सप्तरीका अध्यक्ष डा.अवध किशोर सिंहको अध्यक्षता तथा राजनीतिक विश्लेषक एवं हिन्दी अभियन्ता खुशिलाल मण्डलको प्रमुख आतिथ्यमा सम्पन्न विमोचन समारोहमा पूर्व सभासद महेश यादव, क्याम्पस प्रमुख डा. सर्वेशचन्द्र मिश्र, विष्णु मण्डल, प्रा. शुसिल कर्ण, दिपेन्द्र चौधरी लागायतले हिन्दी भाषाको उत्थान तथा प्रवद्र्धनका लागि दुबै पुस्तकले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ