News Category 2073/09/02
उपप्राध्यापक गुप्ताको दुई पुस्तक विमोचित
दैनिक समाचारदाता
राजविराज, १ पुस ।
महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसका उपप्राध्यापक सुरेन्द्र गुप्ताद्वारा लिखित दुई पुस्तकको शुक्रबार एक कार्यक्रम बीच विमोचन गरिएको छ ।
उपप्राध्यापक गुप्ताको दुई पुस्तक “व्यावहारीक हिन्दी पत्रकारिता” र “हिन्दी के मुहावरे तथा लोकोक्तियाँ” पुस्तकको विमोचन गरिएको हो ।
“व्यावहारिक हिन्दी पत्रकारिता” पुस्तकको समिक्षा गर्दै सप्तरीका वरिष्ठ पत्रकार अनिल कुमार अनलले पत्रकारिता विषयमा प्रकाशित पुस्तकले निकै सहयोग गर्ने बताउँदै हिन्दी भाषाको उत्थानमा समेत महत्वपूर्ण योगदान पु¥याउने धारणा व्यक्त गर्नुभयो ।
यस्तै गुप्ताद्वारा लिखित अर्को पुस्तक “हिन्दी के मुहावरे तथा लोकोक्तियाँ” बारे समिक्षा गर्दै प्राध्यापक दयानन्द मिश्र तथा करुण झाले हिन्दी भाषाको उत्थानका लागि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल हिन्दी प्रतिष्ठान सप्तरीका अध्यक्ष डा.अवध किशोर सिंहको अध्यक्षता तथा राजनीतिक विश्लेषक एवं हिन्दी अभियन्ता खुशिलाल मण्डलको प्रमुख आतिथ्यमा सम्पन्न विमोचन समारोहमा पूर्व सभासद महेश यादव, क्याम्पस प्रमुख डा. सर्वेशचन्द्र मिश्र, विष्णु मण्डल, प्रा. शुसिल कर्ण, दिपेन्द्र चौधरी लागायतले हिन्दी भाषाको उत्थान तथा प्रवद्र्धनका लागि दुबै पुस्तकले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ