News Category 2073/09/03
सप्तरीका ३७ प्रतिशत जनता कुपोषित
नवीनकुमार गुप्ता
राजविराज÷नेपालको पूर्व क्षेत्रको पाँच जिल्ला मध्ये सप्तरी जिल्ला कुपोषणमा अगाडी देखिएको छ । पूर्वको झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरीको कुल जनसंख्याको ३७ प्रतिशत जनता कुपोषित छन् । जस मध्ये सप्तरीमा कुल जनसंख्याको ३७ प्रतिशत जनता कुपोषणको शिकार भएका छन् ।
सप्तरीको करिब ६ लाख ६५ हजार जनसंख्याको ३७ प्रतिशत जनता कुपोषणको सिकार भएका छन् । कुपोषण न्यूनिकरण गर्ने उद्देश्यले अहिले जिल्ला विकास समिति सप्तरीले जिल्लाको ३४ गाविसमा बहुक्षेत्रिय पोषण योजना सुरु गरिएको छ । गत वर्ष जिल्लाको ६ वटै क्षेत्रका ६ वटा गाविसमा सुरु गरिएको योजना चालु आर्थिक २०७३÷७४ मा थप २८ गाविसमा संचालन गरिएको छ ।
गाविसमा बहुक्षेत्रिय पोषण योजना लागु गरिएपछि पोषण सम्बन्धी योजना तथा कार्यक्रमहरु गाविसको बजेट तयार गर्न सहयोग तथा योजनालाई विषयगत विकासको वार्षिक योजनामा समावेश गर्ने अपेक्षा गरिएको जिल्ला विकास समितिका कार्यक्रम अधिकृत नवराज खड्काले जानकारी दिनुभयो ।
उहाँले कुपोषणलाई कमी ल्याउन जिल्लाको सम्पूर्ण गाविस सचिव, सामाजिक परिचालक, राजनीतिक दल, सरोकारवाला तथा संचारकर्मीहरुका लागि बुहक्षेत्रिय पोषण योजना सम्बन्धी जानकारी दिइरहेको बताउँदै पोषणलाई योजनामा समावेश गरि परिषद् मार्फत पारित गराउने उद्देश्य रहेको जिकिर गर्नुभयो ।
सप्तरी जिल्लामा सन् २०१४ मा गरिएको स्मार्ट सर्वेक्षण अनुसार ३७ प्रतिशत जनता कुपोषित भएको देखाएको छ भने पाँच जिल्लामा २५ प्रतिशत तथा नेपाल भरीमा ४१ प्रतिशत जनता कुपोषणबाट प्रभावित भएका छन् ।
यस्तै बहुक्षेत्रिय पोषण योजना सप्तरी संयोजक संजिव लामाले बहुक्षेत्रिय पोषण योजना अन्तरगत सरोकारवाला कार्यालयहरुले समेतले एउटा छाता भित्र आएर आ–आफ्नो कार्य गर्न तर्फ ध्यान पु¥याए भने जिल्लामा कुपोषणमा कमी आउने विश्वास व्यक्त गर्नुभयो ।
पूर्वको पाँच जिल्लामा पाँच वर्ष मूनीका ५० प्रतिशत तथा २ वर्ष मूनीका ७१ प्रतिशत बालबालिकाहरुमा रगतको अभाव देखिएको उक्त सर्वेक्षणले देखाएको छ । नेपालमा बढी बालबालिकाहरुको विभिन्न रोगको संक्रमणबाट मृत्यु हुने गरेको जनाइएको छ ।
यता नेपालमा कुपोषणकै कारण ११ प्रतिशत बालबालिकाहरु ख्याउटे भएको, पाँच वर्ष मूनीका ४७ प्रतिशत बालबालिकामा तथा २ वर्ष मुनीका ७५ प्रतिशत बालबालिकामा रगतको अभाव देखिएको सो सर्वेक्षणले देखाएको छ । यसैगरि १४ प्रतिशत जनता अधिकतम मोटो, १८ प्रतिशत न्युनतम दुब्लो रहेका छन् ।
यता कुपोषित बालबालिकाहरुको उपचार गर्न सगरमाथा अंचलको एक मात्र राजविराजस्थित पोषण पुर्नस्थापना गृहलाई अहिले भ्याई नभ्याई छ । कुपोषित बच्चाहरुलाई पोषित गर्ने उद्देश्यका साथ सन् २०११ मा नेपाल युथ फाउण्डेशनको सहयोग र महिला तथा ग्रामिण विकास संस्थाको साझेदारीमा राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पताल हाताभित्र स्थापना भएको पोषण पुर्नस्थापना गृहमा दिनहुँ कुपोषित बच्चाहरुको संख्यामा बृद्धि हुदै गइरहेको छ । स्थापना भएको पाँच वर्षपछि युथ फाउण्डेशनले सो गृह बाल स्वास्थ्य महाशाखालाई हस्तान्तरण गरेपछि अहिले अंचल अस्पतालले रेखदेख गरिरहेको छ ।
स्थापना भएको ६ वर्षको अवधीमा उक्त पोषण गृहले करिब ८ सय कुपोषित बालबालिकाहरुलाई पूर्ण रुपमा पोषित गराई घर फर्काइसकेको छ । कुपोािषत बालबालिकाहरुलाई दुई हप्तादेखि चार हप्तासम्म गृहमा राखेर आमा र बच्चालाई खाना र बस्ने तथा बच्चालाई निको नहुन्जेलसम्म औषधि उपचार तथा पोष्टिकयुक्त आहार खानेकुराहरु गृहले नै व्यवस्था गर्दै आएको छ । पोषण पुर्नस्थापन गृहमा सप्तरीसहित उदयपुर, सिरहा, सुनसरी, मोरङ्ग र छिमेकी मुलुक भारतको विभिन्न स्थानबाट कुपोषित बालबालिकाहरु उपचारका लागि आउने गरेका छन् ।
सबैभन्दा बढी सप्तरी जिल्लाकै बालबालिकाहरु कुपोषित भइरहेको बेला बालबालिकाप्रति सबैभन्दा बढी चासो राख्ने गैरसरकारी संस्था सेभ द चिल्ड्रेन तथा युनिसेफलगायतको त्यसतर्फ ध्यान पुग्नु आवश्यक छ र कुपोषणबाट कसरी बालबच्चाहरुलाई जोगाउन सकिन्छ भन्ने बारे जनचेतना समेत जगाउन आवश्यक छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ