News Category 2073/09/03
६ बुँदे घोषणा पत्र जारी गर्दै महिला शिक्षक भेला सम्पन्न
राजविराज÷६ बुँदे घोषणा पत्र जारी गर्दै सप्तरीमा पहिलो पटक महिला शिक्षकहरुको भेला राजविराजमा शनिबार सम्पन्न भएको छ ।
जिल्ला शिक्षा कार्यालय सप्तरीको आयोजनामा तथा सेभ द चिल्ड्रेनको सहयोगमा उक्त दुई दिने महिला शिक्षकहरुको भेलाबाट महिला शिक्षकले चाहेमा विद्यालयलाई बाल मैत्री बनाउन सक्छ ,मातृत्व प्रेम दिन सक्छन, शिक्षण क्रियाकलापलाई थप प्रभावकारी तुल्याउन सक्छन, घरेलु सामग्रीहरुलाई शिक्षण क्रियाकलापमा प्रभावकारी सामग्रीहरुको रुपमा प्रयोग गरी शिक्षण क्रियाकलाप रोचक पार्न सक्छन, विद्यालयलाई स्वच्छ, सफा एवं सुन्दर तुल्याउन प्रभावकारी भुमिका खेल्न सक्छन र कुशल गृहिणी झैं कुशल प्रशासक पनि बन्न सक्दछन भन्ने घोषणा पत्र जारी गरी सम्पन्न भएको हो ।
सप्तरीका जिल्ला शिक्षा अधिकारी डोलराज पाण्डेले सप्तरी जिल्लामा गुणस्तरीय शिक्षाका लागि महिला शिक्षिकाहरुले पनि अहम भुमिका निर्वाह गर्ने विश्वास ब्यक्त गर्नुहुँदै उहाँले महिला शिक्षकहरुमा भएका प्रतिभाहरु बाहिर आउन नपाइरहेको अवस्थामा जिल्ला भरिका महिला शिक्षकहरुको उपस्थितिले परिवर्तन आउने विश्वास समेत व्यक्त गर्नुभयो ।
“महिला शिक्षकले चाहेमा गर्न सक्छन्” भन्ने उद्देश्यका साथ आयोजना गरिएको उक्त भेलामा जिल्लाका सामुदायिक विद्यालयका ५ सय ८८ महिला शिक्षकसहित निजि विद्यालय र बालविकासका गरि ७ सय महिला शिक्षकहरुको सहभागिता रहेको थियो ।
राजविराजस्थित केअमाविको विद्यालय प्राङ्गणमा आयोजित भेलाको समापन्न समारोहमा शिक्षाविद्हरु डा. विद्यानाथ कोइराला, डा. सुसन आचार्य,पेशागत शिक्षक महासंघका विष्णु पाण्डे, विनय कुमार कुसियैत, शिक्षा विभागका निर्देशक मित्रनाथ गड्तौला, क्षेत्रिय शिक्षा निर्देशक केशव प्रसाद दाहाल, जिल्ला शिक्षा अधिकारी डोलराम पाण्डे ,शिक्षक महासंघका अध्यक्ष फुलेश्वर मण्डल, महिला शिक्षक राजेश्वरी चौधरी लगायतले महिला शिक्षकहरुको सहयोगमा गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने विश्वास ब्यक्त गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ