News Category 2073/09/04
जिल्लाका राजनीतिक दल र सांसदले बजेटको ब्रहमलुट गर्दैछन् ः एलडिओ
दैनिक समाचारदाता
राजविराज, ३ पुस ।
स्थानीय विकास अधिकारी सुदेव पोखरेलले सप्तरीका राजनीतिक दल तथा सांसदहरुमाथी आक्रमक शैलीमा जिल्लाको बजेटमाथी ब्रहमलुट गरिरहेको आरोप लगाउनुभएको छ । साथै उहाँले जिल्लाका पत्रकारले समेत त्यस्ता कार्यको समर्थन गर्दै ब्रहमलुट बारे “टोनिक” भेटेपनि कलम नचलाएको आरोप लगाउनु भयो ।
राजनीतिक दल, सरोकारवाला तथा संचारकर्मीहरुका लागि बुहक्षेत्रिय पोषण योजना सम्बन्धी दुई दिने तालिमको समापनको अवसरमा आइतबार मन्तव्य दिँदै उहाँले सो आरोप लगाउनु भएको हो ।
उहाँले राजनीतिक दल र सांसदको इच्छा अनुसार नै जिल्ला विकास समिति सप्तरी जहिले पनि निमित्त प्रमुखकै भरमा संचालन हुँदै आएको बताउनुभयो । उहाँले यसअघिको निमित्त स्थानिय विकास अधिकारी प्रदीप बहादुर सिंह यादव प्रोमोटेड इन्जिनियर हुँदै जिल्ला प्राविधिक कार्यालयको निमित्त र जिविस समेतको निमित्त प्रमुख भएर काम गर्नु जिल्लाको दुर्भाग्य भएको जिकिर गर्नुभयो ।
स्थानिय विकास अधिकारी पोखरेलले यसअघिको निमित्त एलडिओ यादवको समयमा जिल्लाका विभिन्न राजनैतिक दल तथा सांसदहरुले व्यापक योजनाहरु आफ्नो पक्षमा पारेर बजेटको दुरुपयोग गरेको आरोप समेत लगाउनुभयो ।
एक अर्को प्रसङ्गमा अधिकारी पोखरेलले जिल्लाका पत्रकारहरु समेत जिल्लाको बजेट दुरुपयोग बारे कलम नचलाएको आरोप लगाउँदै भन्नुभयो, “पत्रकारहरु पैसा नपाए लेख्छन् अनि पैसा पाए लेख्न बन्द गर्छन् ।”
उहाँले कुनै पत्रकारको नाम नलिएर केही पत्रकारहरु यस्ता कार्यमा सक्रिय रहेको दाबी गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ