News Category 2070/06/16
सप्तरी क्षेत्र नम्बर २ बाट फोरम अध्यक्ष यादव चुनाव नलड्ने
दैनिक संवाददाता
राजविराज, १५ असोज ।
मधेसी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव आगामी मंसिर ४ गते हुने संविधानसभा निर्वाचनमा सप्तरी क्षेत्र नं. २ बाट नलड्ने भएको छ ।
यसअघि फोरम नेपाल सप्तरीको २ नम्बर क्षेत्रीय समितिले सो क्षेत्रबाट अध्यक्ष यादवको प्रत्यक्षतर्फ एकल नाम सिफारिस गरेका थियो ।
क्षेत्रीय समितिले गरेको सिफारिसलाई स्वीकार्दै अध्यक्ष यादव सो क्षेत्रबाट चुनाव लड्न राजी भएपनि अन्तिम समयमा उहाँ २ नम्बर क्षेत्रबाट चुनाव नलड्ने मनस्थितिमा पुगेको फोरमका सप्तरी क्षेत्र नं. २ का अध्यक्ष सिताराम महतोले जानकारी दिनुभयो । अध्यक्ष यादव के कुन कारण क्षेत्र नम्बर २ बाट चुनाव लड्न अनिच्छुक भएको हो त्यसबारे फोरम नेपालले केही खुलाएको छैन् ।
२०६४ सालमा भएको संविधान सभाको पहिलो निर्वाचनमा तराई मधेस राष्ट्रिय अभियानका संयोजक जय प्रकाश प्रसाद गुप्ता फोरम नेपालबाट २ नम्बर क्षेत्रमा विजयी हुनुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/21 प्रहरीको गोलीबाट लालु यादवको मृत्यु, मृत्युको बिरोधमा दिनभर राजविराजमा प्रदर्शन, भिंड नियन्त्रण गर्न तीन राउण्ड आश्रु ग्यास प्रहार
- 2082/04/21 लोहोरोको प्रहारबाट रुपनी गम्भिर घाईते
- 2082/04/20 संघर्ष समितिले चौथो चरणको आन्दोलनका लागि लियो सुझाव
- 2082/04/20 जसपा नेपाल सप्तरीको अध्यक्षमा दोहोरिए केदार
- 2082/04/20 राष्ट्रिय मुक्ति पार्टीको केन्द्रिय महासचिवमा केशव झा र सहमहासचिवमा गजेन्द्र मण्डल
- 2082/04/19 कन्तलालको हत्यामा संलग्नसहित ९ जना आरोपित पक्राउ
- 2082/04/19 जसपा नेपाल सप्तरीको नयाँ नेतृत्वका लागि निर्वाचन सम्पन्न
- 2082/04/19 मिडिया काउन्सीलद्वारा सुझाव संकलन
- 2082/04/18 जसपा नेपाल सप्तरीको निर्वाचन मिति तेश्रो पटक सारियो
- 2082/04/18 करेन्ट लागेर यूवकको मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ