News Category 2073/09/07
व्यावसायिक कृषकको छनोटमा आर्थिक अनियमितता भएको भन्दै अख्तियारद्वारा छानबिन
दैनिक समाचारदाता
राजविराज, ६ पुस ।
कृषि मन्त्रालयअन्तर्गत रहेको व्यावसायिक कृषि परियोजना (प्याक्ट)द्वारा पूर्वाञ्चलको चारवटा जिल्लामा व्यावसायिक कृषकको छनोटमा आर्थिक अनियमितता भएको बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन सुरु गरेको छ ।
उक्त परियोजना (प्याक्ट)द्वारा छनोटमा परेका निजी कृषक व्यवसायीलाई रु एक करोड तथा समूहमा रहेका कृषक व्यवसायीलाई रु ३५ लाखसम्म दिने कार्यक्रमका लागि छनोट गर्ने परियोजनाका पदाधिकारी तथा व्यवसायीबारे छानबिन सुरु गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारले मोरङ, सुनसरी, सप्तरी र सिरहाका व्यावसायिक फर्मको छानबिन सुरु गरेको छ । विश्व बैँकको सहयोगमा सञ्चालित उक्त परियोजनाका लागि सिरहा, सप्तरी, सुनसरी, मोरङ, झापालगायत १६ जिल्लाका करिब ६०० कृषि तथा पशुपछी व्यवसायमा संलग्न कृषकले पूर्वाञ्चल क्षेत्रीय कृषि निर्देशनालय विराटनगरमार्फत आवेदन दिएका थिए ।
आवेदन दिएकामध्ये करिब दुई सय किसानको व्यावसायिक फर्मको स्थलगत निरीक्षण गरी निर्देशनालायले छनोट गरेका थियो । छनोटमा परेकामध्येबाट व्यावसायिक प्रस्ताव लेखन र त्यसको जाँच गर्दा प्रयोजनाको केन्द्रीय कार्यालयले सिरहा र सप्तरीका करिब एक दर्जनलाई मात्र उत्कृष्ट छनोट गरेको थियो भने अन्य व्यावसायिक फर्मलाई अस्वीकार गरेको थियो ।
छनोटमा अनियमितता भएको भन्दै मोरङ र सप्तरीका व्यावसायिक कृषकले अख्तियारमा उजुरी गरेका थिए । छनोटमा नपरेका सावित्रा बाख्रा फार्मका सञ्चालक फणिन्द्र सुवेदीले आफुले व्यावसायिक रूपमा खसीबोका तथा पशुपालनको कारोबार गरेको, स्थलगत निरीक्षण र प्रस्ताव लेखनमा उत्तीर्ण भएपनि छनोटमा नपारिएको बताउनुभयो । “पहँुच भएका छनोटमा परे, नहुने बाहिरिए,” उहाँले आरोप लगाउनुभयो । सो परियोजनाको छनोटमा दुई वर्ष लागेको बताइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ