News Category 2073/09/09
एमाले उत्पीडित समुदायको अधिकार बिरुद्ध लागेको समाजवादी फोरमका वरिष्ठ नेता राईको आरोप
दैनिक समाचारदाता
राजविराज, ८ पुस ।
संघीय समाजवादी फोरम नेपालका बरिष्ठ नेता अशोक राईले एमालेले संसद अवरुद्ध गरेर मधेशी, आदिवासी, थारु, मुस्लिम लगायतका उत्पीडित समुदायको अधिकार बिरुद्ध लागेको आरोप लगाउँनुभएको छ ।
सप्तरीको शम्भुनाथ नगरपालिकास्थित कठौना बजारमा शुक्रबार आदिवासी जनजाती, मधेशी बुद्धिजीविहरुसँगको एक दिने अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सो आरोप लगाउनु भएको हो ।
उहाँले एमालेको राष्ट्रघाती दोहोरो चरित्रले मुलुक गम्भिर संटतर्फ जाने निश्चित भएको बताउँदै राईले एमालेले आफूले गरेको निर्णय समेत उल्टाउँदै राष्ट्रघाती चरित्र प्रदर्शन गरेको बताउनुभयो ।
उहाँले एमालेको राष्ट्राती कदम बिरुद्ध सम्पूर्ण परिवर्तनकारी शक्तिहरु एकजुट भएर आन्दोलन गर्नुपर्नेमा जोड दिनुहुँदै उहाँले संविधान संसोधनको बिषयलाई लिएर एमालेले अनावश्यक बितण्डा मच्चाएको उल्लेख गर्दै फोरम नेपालको संसदिय दलका नेता समेत रहेको राईले यस्तो शैलीले कसैको भलो नगर्ने बताउनुभयो ।
संविधानमा मधेशी आदिवासी लगायत अधिकारबाट बञ्चित अन्दोलनरत समुदायको अधिकार सुनिश्ति हुने गरी संबिधान संशोधन प्रस्ताब आउनु पर्ने उहाँको भनाई थियो ।
संघीय समाजवादी फोरम नेपाल सप्तरीका अध्यक्ष दिनेश कुमार यादबको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा सांसद लक्ष्मी चौधरी, केन्द्रीय सदस्य एवं सप्तरी जिल्ला सह–ईन्चार्ज विनोद चौधरी, केन्द्रीय सदस्यहरु उमेश यादव, चित्त नारायण यादव, अशोक यादव, सुर्यनाथ यादव, थारु कल्याणकारिणी सभाका पूर्व केन्द्रीय सल्लाहकार बौली चौधरी, थाकसका सप्तरीका अध्यक्ष अरुण कुमार चौधरी, किराँत राई यायोक्खा सप्तरीका अध्यक्ष मित्र बहादुर राई सहितका आदिवासी जनजाती, मधेशी, मुस्लिम, थारु बुद्धीजिविहरुको उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ