News Category 2073/09/14
एम्नेष्टीले बैदेशिक रोजगारीमा ठगिएकाहरु बारे पहल गर्ने
दैनिक समाचारदाता
राजविराज, १३ पुस ।
एम्नेष्टी इन्टरनेशनल नेपालले बैदेशिक रोजगारमा गएका आफन्तजन तथा पीडितहरुसँग विभिन्न समस्याप्रति परामर्श गरि आवश्यक पहल गर्ने जनाएको छ ।
एम्नेष्टी इन्टरनेशनल नेपालको बुधबार राजविराजमा आयोजना गरेको “बैदेशिक रोजगारको चुनौती र हाम्रो भूमिका” विषयक अन्तरक्रियामा सो पहल गर्ने जनाएको हो ।
सम्पन्न अन्तरक्रियाका प्रमुख अतिथि स्थानिय विकास अधिकारी सुदेव पोखरेलले जिल्ला विकास समिति कार्यालयले परिषदको माध्यमबाट बैदेशिक रोजगार लक्षित कार्यक्रमहरु समुदायमा सञ्चालन गर्ने, प्रभावकारी सूचना प्रवाहका लागि स्थानिय विभिन्न सरोकारवालाहरुलाई समन्वय गर्दै अगाडी जानु पर्ने उल्लेख गर्नुभयो ।
त्यस्तै बैदेशिक रोजगार प्रवद्र्धन बोर्डका निर्देशक बद्री कुमार कार्कीले समुदायबाट आएका समस्या र गुनासाहरुको वारेमा कानुनी निकास, समस्यामा परेका आप्रवासी र बोर्डले गरेका आर्थिक सहायताको लगायतत अति आवश्यक विषयहरुको वारेमा जानकारी गराउनुको साथै समन्वयका लागि जिल्लास्थित सामी सूचना केन्द्रमा सम्पर्क गर्न अनुरोध समेत गर्नुभयो ।
उहाँले बैदेशिक रोजगारीमा जानु अघि नेपाल सरकारबाट मान्यता प्राप्त म्यानपावरको पहलमा तथा सरकारबाट श्रम स्वीकृती प्राप्त मुलुक तथा स्वदेशमै कुनै सीप सिकेर जानु पर्नेमा जोड दिनुभयो । उहाँले बैदेशिक रोजगारमा जानु पूर्व आवश्यक कागजात तथा बैंक मार्फत रकम लेनदेनको कारोबार गर्नुपर्ने सुझाव समेत दिनुभयो ।
त्यस्तै वरिष्ठ पत्रकार अनिल कुमार अनलले पत्रकारीताको माध्यमबाट बैदेशिक रोजगारका सेवा, सूचना र समस्याहरुलाई दर्शाइ पत्रकार र सञ्चार माध्यमले निरन्तर सहयोग गर्दै आईरहेको र निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
एम्नेस्टीका अभियान अधिकृत अस्मिता सापकोटाले बैदेशिक रोजगारीका वर्तमान अवस्था र अप्रवासी कामदारहरु माथि भईरहेका शोषण र मानव अधिकारको हनन्को अवस्थाको वारेमा प्रस्तुती गरेकी थिइन् भने सप्तरी समुदायिक विकास केन्द्र नेपालका सूचना तथा परामर्श केन्द्रका परियोजना संयोजक राम प्रमेश मण्डलले बैदेशिक रोजगारीका क्रममा सप्तरीबाट जिल्ला प्रशासन कार्यालय सप्तरीको तथ्यांक अनुसार आ.ब. २०६८ र ६९ देखि २०७२ र ७३ सम्ममा ८२८२८ जनाले राहदानी लिएको जानकारी गराउनुभयो ।
उहाँले बैदेशिक रोजगार विभागको तथ्यांक आ.ब. २०६३ र ६४ देखि आ.ब.२०७० र ७१ सम्ममा जम्मा ६२ हजार ३ सय ८४ जनाले श्रम स्वीकृती लिई रोजगारीमा गएको, सप्तरीबाट बैदेशिक रोजगारीमा गएकाहरु मध्ये सन २००८ देखि २०१५ सम्ममा ९५ जनाले ज्यान गुुमाएको तथा आफन्त वा स्थानिय दलालहरुबाट ठगिएका घटनाहरु बारे उहाँले तथ्याङ्क मार्फत चित्रण गर्नभयो ।
कार्यक्रममा उपस्थित शिबु मण्डल, संतोश कुमार मण्डल, मुकेश कुमार स्वर्णकार, अनसारुल, मायानन्द ठाकुर लगायत २१ जना बैदेशिक रोजगारीको क्रममा ठगिएका युवाहरुले समेत आफुले भोगेका समस्या र न्यायका लागि पहल गरिदिन अनुरोध गरेका छन् ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत जनक कोइराला, गैससका जिल्ला अध्यक्ष एवं एम्नेष्टी समूह ३० राजविराजका पूर्व अध्यक्ष शम्भुनन्द चौधरी, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख राधाकृष्ण पोखरेल, पत्रकार महासंघ सप्तरीकाका कार्यवाहक अध्यक्ष श्रवण कुमार देव, विभिन्न संघसंस्थाका प्रतिनिधी, बैदेशिक रोजगारमा गएका पीडित व्यक्तिहरुको आफन्तजन तथा परिवार लगायतको सहभागिता रहेको थियो ।
एम्नेष्टी इन्टरनेशनल समूह ३० राजविराज, सप्तरी सामुदायिक विकास केन्द्र र सबल नेपाल राजविराजको सहकार्यमा आयोजित कार्यक्रममा एम्नेष्टी नेपालका अध्यक्ष राजन कुँइकेललाई समूह ३० राजविराजका अध्यक्ष नवीन कुमार गुप्ताले दोसल्ला ओढाएर सम्मान समेत गर्नुभयो ।
सोही कार्यक्रममा बैदेशिक रोजगार प्रवद्र्धन बोर्डका निर्देशक बद्री कुमार कार्कीलाई स्थानिय विकास अधिकारी सुदेव पोखरेलले तथा अधिकारी पोखरेल तथा एम्नेष्टीका संस्थापक सदस्य डा. टेक नारायण मण्डललाई एम्नेष्टीका अध्यक्ष कुँइकेलले सम्मान गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ