News Category 2073/09/15
सबल नेपालको बार्षिक समिक्षा सम्पन्न
दैनिक समाचारदाता
राजविराज, १४ पुस ।
सप्तरीको कुशहा गाविसमा एक कार्यक्रमबीच सेभ द चिल्ड्रेनसँगको सहकार्यमा सबल नेपालद्वारा संचालित स्पोन्सरसिप कार्यक्रम अन्र्तगत बर्ष २०१६ मा गरिएका गतिबिधिहरुको बिहीबार बार्षिक समिक्षा गरिएको छ ।
सम्पन्न कार्यक्रममा सबल नेपालद्वारा स्पोन्सरसिप कार्यक्रम अन्र्तगत आधारभुत शिक्षा, प्रारम्भिक बाल बिकास कार्यक्रम, बिद्यालय स्वास्थ्य तथा पोषण, किशोर किशोरी बिकास कार्यक्रम, किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य कार्यक्रम, जिविकोपार्जन लगायत कार्यक्रमको बर्ष २०१६ मा गरिएको कृयाक्लापहरुको उपलब्धीहरुको समिक्षा गरिएको जनाइएको छ । ।
सबल नेपालका आर्थिक तथा प्रशासनिक अधिकृत जितेन्द्र मण्डलले स्पोन्सरसिप कार्यक्रम अन्र्तगत आधारभुत शिक्षामा रकम ९८ लाख ४४ हजार २ सय ४२, प्रारम्भिक बाल बिकास कार्यक्रम ६३ लाख ३३ हजार ६ सय ६७, बिद्यालय स्वास्थ्य तथा पोषण ४७ लाख ९ हजार ६ सय ८०, किशोर किशोरी बिकास कार्यक्रम ५७ लाख ६४ हजार २ सय ५७, किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य कार्यक्रम २५ लाख ४ हजार ७ सय २२, जिविकोपार्जन ४४ लाख ४७ हजार ९२ तथा स्पोन्सरसिप संचालन खर्च ९ लाख १३ हजार ४८ गरि जम्मा ३ करोड ४५ लाख १६ हजार ७ सय १२ खर्च भएको विवरण प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रमलाई बर्ष २०१७ मा अझ प्रभावकारी रुपले संचालन गर्ने प्रतिवद्धताका साथ सबल नेपालका कार्यकारी निर्देशक दिपक कुमार झाको अध्यक्षतमा सम्पन्न कार्यक्रममा सेभ द चिल्ड्रेनका क्षेत्रिय प्रमुख अजय कान्त झा, बिना न्यौपाने, अरुण महतो, उमेश गुप्ता, खिलानाथ निरौला लगायतको उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ