News Category 2073/09/15
सबल नेपालको बार्षिक समिक्षा सम्पन्न
दैनिक समाचारदाता
राजविराज, १४ पुस ।
सप्तरीको कुशहा गाविसमा एक कार्यक्रमबीच सेभ द चिल्ड्रेनसँगको सहकार्यमा सबल नेपालद्वारा संचालित स्पोन्सरसिप कार्यक्रम अन्र्तगत बर्ष २०१६ मा गरिएका गतिबिधिहरुको बिहीबार बार्षिक समिक्षा गरिएको छ ।
सम्पन्न कार्यक्रममा सबल नेपालद्वारा स्पोन्सरसिप कार्यक्रम अन्र्तगत आधारभुत शिक्षा, प्रारम्भिक बाल बिकास कार्यक्रम, बिद्यालय स्वास्थ्य तथा पोषण, किशोर किशोरी बिकास कार्यक्रम, किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य कार्यक्रम, जिविकोपार्जन लगायत कार्यक्रमको बर्ष २०१६ मा गरिएको कृयाक्लापहरुको उपलब्धीहरुको समिक्षा गरिएको जनाइएको छ । ।
सबल नेपालका आर्थिक तथा प्रशासनिक अधिकृत जितेन्द्र मण्डलले स्पोन्सरसिप कार्यक्रम अन्र्तगत आधारभुत शिक्षामा रकम ९८ लाख ४४ हजार २ सय ४२, प्रारम्भिक बाल बिकास कार्यक्रम ६३ लाख ३३ हजार ६ सय ६७, बिद्यालय स्वास्थ्य तथा पोषण ४७ लाख ९ हजार ६ सय ८०, किशोर किशोरी बिकास कार्यक्रम ५७ लाख ६४ हजार २ सय ५७, किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य कार्यक्रम २५ लाख ४ हजार ७ सय २२, जिविकोपार्जन ४४ लाख ४७ हजार ९२ तथा स्पोन्सरसिप संचालन खर्च ९ लाख १३ हजार ४८ गरि जम्मा ३ करोड ४५ लाख १६ हजार ७ सय १२ खर्च भएको विवरण प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रमलाई बर्ष २०१७ मा अझ प्रभावकारी रुपले संचालन गर्ने प्रतिवद्धताका साथ सबल नेपालका कार्यकारी निर्देशक दिपक कुमार झाको अध्यक्षतमा सम्पन्न कार्यक्रममा सेभ द चिल्ड्रेनका क्षेत्रिय प्रमुख अजय कान्त झा, बिना न्यौपाने, अरुण महतो, उमेश गुप्ता, खिलानाथ निरौला लगायतको उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ