News Category 2073/09/17
नहर छ, तर पानी छैन पानीको अभावमा गहुँ बाली क्षति हुन थालेपछि किसानहरु चिन्तित
राजविराज÷भनिन्छ, नेपाल कृषि प्रधान देश हो, तर सप्तरीका किसानहरु पानीको अभावमा मेहनत साथ खेतमा लगाएको गहुँ बालीमा क्षति हुन थालेपछि चिन्तित बनेका छन ।
सप्तरीका किसानहरुले मलखाद्यदेखि बिउ बिजनसम्म नपाउने तथा अहिले आएर दोश्रो बालीको रुपमा गहुँ बाली मेहनतका साथ खेतमा लगाएपनि पानीको अभावमा गहुँबाली नष्ट हुन थालेपछि उनीहरु चिन्तित बनेका हुन ।
सिंचाईको लागि कोशी पश्चिमी नहर, चन्द्र नहर लगायतका नहरहरु रहेपनि आवश्यकता परेको बेलामा नहरमा पानी नहुँदा यहाँका किसानहरु बर्षेनी पानीको लागि त्राहिमाम हुने गरेका छन । घर नजिकैबाट नहर गएपनि अहिले नहरमा पानी नहुँदा बाध्य भएर सिडी,कस् मोटर सहितबाट गहुँ बालीमा पानी हाल्नुपरेको झुटकी गाबिसका किसान धर्म नारायण यादवको गुनासो छ ।
घर नजिकै कोशी पश्चिमी नहर रहेपनि नहरमा आवश्यकता परेको समयमा पानी नहुँदा आफु जस्ता त्यस आसपासका हजारौ किसानहरुलाई निकै समस्या खेप्नुपरीरहेको उहाँको गुनासो छ । आफुले मेहनत साथ खेतमा गहुँ बाली लगाएपनि त्यसको लागि समयमा पानी नहुँदा सो बाली नोक्सान हुने अवस्था पुग्न थालेपछि बाध्य भएर मोटरबाट गहुँ बालीमा पानी हाल्न लागेको उहाँले बताउनुभयो ।
त्यस्तै धान, गहुँ लगायतका सिजनमा आवश्यकता परेको बेला बर्षेनी नहरमा सिंचाई उचित व्यवस्था हुन नसक्दा स्थानीय किसानहरुलाई निकै दुख खेप्नुपरीरहेको छ । यसैगरी गहुँ खेतिमा पानी हाल्नका लागि सजिलै तरीकाबाट यहाँका किसानहरुले सिंचाईको अभावसँगै डिजेल समेत सहज तरीकाबाट नपाउँदा थप समस्यामा परेका छन् ।
यता आफु किसानहरुका लागि समयमा मलखाद्य, बिउ, सिंचाई लगायतका सामग्रीहरुको व्यवस्था गर्न जिल्लाको बरही बिरपुर ७ का किसान वौवा लाल यादवले सरकारसँग माग गर्नुभयो ।
बर्षेनी यहाँका किसानहरुलाई धान, गहुँ, तरकारी खेति लगायतका बालीहरुमा समयमा पानी नहुँदा निकै समस्या खेप्नुपरेपनि त्यसतर्फ सरकार तथा सम्बन्धित निकायको ध्यान जान नसकेको स्थानीय किसानहरुको गुनासो रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ