News Category 2073/09/18
सामुहिक तरकारी खेतीमार्फत फेरिदै मुसहर समुदायको दिनचर्या
दैनिक समाचारदाता
राजविराज, १७ पुस ।
सप्तरीको टिकुलिया गाविसका मुसहरु समुदाय अहिले सामूहिक तरकारी खेती गरेर जिल्लामा उदाहरण बन्न सफल भएका छन् ।
सो गाविस ९ का १४ घर परिवार मुसहर समुदायले किवदन्तीलाई गलत सावित गर्दै उदाहरण बन्न सफल भएका छन् ।
सामूहिक रुपमा तरकारी खेती सुरु गरेपछि तीन किलोसम्मको मूला उब्जाउन सम्म भ्याएकी छिन् दिनभदरी कृषक समुहकी अध्यक्ष प्रयाग देवी सदायले ।
यता प्रयागका श्रीमान् वर्षौदेखी धनी मानिसहरुको हरुवा र ज्याला मजदुरी गर्ने काम छोडेर श्रीमतीलाई खेतमा काम गर्न सघाउन थालेपछि उक्त तरकारी खेतीबाट ५ हजार रुपैया बराबरको तोरीको साग पनि विक्रि गर्ने गरेका छन् ।
“छोराछोरीलाई अव हरेक दिन राम्रोसँग पढाउन थालेको छु ।” प्रयाग भन्छिन्, “वर्षौदेखी पर्ता परेका करिव डेड विगहा वलौटे जग्गामा अहिले मेहनत गरी हरियाली रमणिय दृष्यमा परिणत गर्न भ्याएको छु ।”
सप्तरीको पश्चिमी भेगमा पर्ने टिकुलिया गाविसका वडा नम्वर ९ मा भिरालो घनावस्ती वनाएर वसोवास गरिरहेका ३२ घर परिवार रहेका मुसहर समुदाय दिनाभदरी कृषक समुह गठन गरी सामूहिक तरकारी खेती तर्फ आकर्षित भएका छन् ।
वर्षौ देखी पर्ता परेका बलौटे जग्गामा तीन महिना भित्र सामुहिक खेती मार्फत सो खेतलाई उब्जाउको रुपमा परिवर्तन गरेको गाँउ वाल संरक्षण समिति टिकुलियाका सदस्य एवं जग्गा धनी भोला आशिकले वताँउनु भयो ।
आशिकका अनुसार मुसहर समुदायको दिनचर्या दिन रात अर्काको खेत र घरमा कामगरी जेनतेन जिविकोपार्जन गरिरहेको देखेर माया लाग्थ्यो, उनीहरुको छोराछोरी नाङ्गै वेवारिसे जिवन शिक्षाआर्जन गर्नवाट वन्चित रहेको अवस्थामा सवल नेपाल राजविराज सप्तरीले यिनीहरुको जिवनमा परिवर्तन ल्याईएको दाबी गर्नुहुन्छ ।
सबलका नेपालका फिल्ड अफिसर निर वहादुर आलेका अनुसार विपन्न मुदायले सवै काम सफल गर्न सक्छन तर, प्राविधिक रुपमा हामीले सहयोग गरेपछि उनीहरुको दिनचर्या साकारात्मक रुपमा फेरिएको बताउनुहुन्छ ।
सवल राजविराज सप्तरी र सेभ द चिल्ड्रेनको साझेदारीमा संचालित स्पोन्सरशिप कार्यक्रम अन्तर्गत विपन्न समुदायको जिकोपार्जनमा सुधार ल्याई शिक्षा आर्जन गर्नबाट वन्चित रहेका वालवालिकाहरुलाई विद्यालयसम्म निरन्तर पहुँच पु¥याउनका लागी १४ घरपरिवारका व्यक्तीहरुलाई कृषक समुहमा आवद्ध गराएपछी मुसहर समुदायले उक्त परिवर्तन आएको हो ।
सवल नेपाल सप्तरीका सामुदायिक परिचालक राधेश्याम रामका अनुसार गत २०७३ कार्तिक ६ गते कृषक समुह गठन गरी उक्त जग्गामा सामुहिक खेती गर्न थालेका हुन् ।
मुसहर समुदायले उक्त जग्गामा दिन रात मेहनत गरी आलु, मुला, टमाटर, खुर्सानी, रायो, तोरी साग, लाफ साग, काउली, लगायत विभिन्न जातका तरकारी लगाएर स्थानिय पटेर्वा, टिकुलिया, थल्हा र धाँती बजारमा हरेक दिन खेतमा उब्जीएका साग तरकारी वेचेर आफनो दिन चर्या फेरिरहेको उहाँ वताँउनुहुन्छ ।
अर्का कृषक ललिता देखी सदाय भन्छिन्, “अव हामीले खेतीको महत्व वुभ्mयौ, खेती गरी अरामसँंग घर परिवारलाई पाल्न सक्छु र छोरा छोरीलाई पढाउन सक्छौं ।” उहाँ भन्नुहुन्छ, “व्यापारीहरु खेतमै आएर थोक रुपमा पैसा दिएर तरकारी लिने गरेका छन् ।”
टिकुलियाका प्रयाग देवी सदाय, कविता देवी सदाय, उमा देवी सदाय, कुशमी देवी सदाय, चौठनी देवी सदाय, कोशिला देवी सदाय, ललिता देवी सदाय, रामसुनैर देवी सदाय, वसमतिया देवी सदाय, होली देवी सदाय, भिखनी देवी सदाय, नेपुर देवी सदाय, रेशमी देवी सदाय र वासो देवी सदाय गरि १४ जनालाई डेढ कठ्ठादेखी साढे तीन कठ्ठासम्म जग्गा भाडामा लिएर खेती गरिरहेको भिसिपिसी टिकुलियाका संयोजक संजय चौधरीले वताँउनु भयो । सवल नेपालका एक जेटिए प्राविधिकको सल्लाह अनुसार सामुहिक खेती भईरहको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ