News Category 2073/09/19
प्रहरीले हत्यारालाई पक्राउ गर्न चासो देखाएन् ः पीडित परिवार
दैनिक समाचारदाता
राजविराज, १८ पुस ।
प्रहरीले जाहेरी दर्ता गरेको झण्डै एक वर्ष ६ महिना बित्न लाग्दा समेत सो जाहेरी उपर कुनै पहल नगरेको आरोप लगाइएको छ ।
नेपाल पत्रकार महासंघ सप्तरी शाखामा सोमबार आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत सप्तरीको टिकुलिया गाविसी ७ की रोशन खातुनले प्रहरी उपर सो आरोप लगाएकी हुन् ।
पत्रकार सम्मेलनमा रोहनले २०७२ साल भदौं २९ गते ससुरा ऐनुल मियाँलाई घरबाटै अपहरण गरि हत्या गरि जिल्लाको मल्हनिया गाविस २ स्थित बलान खोला नजिक शव भेटिएको तथा सो हत्यामा संलग्न व्यक्तिहरुको नाम समेत किटान गरि इलाका प्रहरी कार्यालय कल्याणपुरमा जाहेरी दिँदा समेत हालसम्म कुनै सुनुवाई नभएको आरोप लगाइन् ।
रोशनले सो हत्यामा संलग्न व्यक्तिहरु खुलेआम घुमफिर गरिरहेको जानकारी दिँदै सो सम्बन्धमा इप्रका कल्याणपुरमा जानकारी दिँदा समेत व्यक्तिहरु सम्पर्कमा नआएको भन्ने प्रहरीले जवाफ दिदै आएको आरोप लगाइन् ।
उनले ससुराको हत्या भएको झण्डै सोह् महिना बित्न लाग्दा समेत प्रहरीले हत्यारालाई पक्राउ गर्न कुनै चासो नदेखाएकोले आफूलाई न्याय दिलाउन सम्पूर्ण अधिकारकर्मी, संचारकर्मी लगायतसमक्ष आग्रह गरेकी छिन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ