News Category 2073/09/21
साना बालबालिका घरबाटै ल्याएको बोरा भुईमा ओछ्याएर पढ्न बाध्य
नवीनकुमार गुप्ता
राजविराज, २० पुस ।
सरकारले वर्षौ पिच्छे शिक्षामा अर्बौको लगानी गरिरहेको कुरा कसैसामु लुकेको छैन् । तर, सप्तरीको एक यस्तो पनि विद्यालय छ जसमा सरकारी स्तरबाट पूर्ण रुपले उपेक्षित भएको देखिन्छ । सप्तरीको मौवाहा गाविसस्थित राजेश्वरी राष्ट्रिय निमाविमा अहिले भौतिक पूर्वाधारको अभावमा विद्यार्थीहरु घरबाटै बोरा ल्याएर जाडोयाममा पनि चिसो भुईमा बसेर पढ्न बाध्य छन् ।
गणतन्त्र नेपालको पहिलो उपराष्ट्रपति परमानन्द झाको घरसँगै टासिएको सप्तरीको मौवाहा गाविसस्थित राजेश्वरी राष्ट्रिय निमाविमा बालविकाससहित कक्षा १ देखी ५ सम्मको पढाई हुने सो विद्यालय संरक्षणको पखाईमा रहेको छ । जम्मा ३ सय ६५ जना विद्यार्थीहरु अध्ययनरत यस विद्यालयमा भौतिक पूर्वाधारको अभाव र चिसो भुईमा बस्नु पर्ने बाध्यताका कारण कहिलेकाँही मात्र पूर्ण संख्यामा विद्यार्थीहरु सो विद्यालयमा पढ्न आउने गरेको अर्को समस्या छ ।
विद्यालयमा सञ्चालित दुईवटा बालविकास कक्षा अन्तर्गत ८८ जना बालबालिकाहरु अध्ययनरत छन् । तर, ती बालबालिकाहरुलाई आफैले ल्याउने बोरा वा भुँईमै बस्नु पर्ने बाध्यता रहेको बालविकास केन्द्रकी सहजकर्ता श्यामाकुमारी गुप्ताले जानकारी दिइन् । उनी भन्छिन्, ‘बालविकास संचालन भएको वर्ष २०६६ देखि नै यस्तै अवस्था छ ।’
विद्यालयमा बालविकासको एउटा कक्षा संचालन भएपनि बालविकास केन्द्र भन्ने लायकको कुनै पनि पूर्वाधार सो विद्यालयमा भेटिदैन् । खेलकुद र मनोरन्जनका साथ शिक्षा प्रदान गर्ने थलो बालविकास केन्द्र भएपनि त्यस केन्द्रमा अध्ययनरत अवोध बालबालिकाहरु चिसो भुईमा घरबाटै बोरा बोकेर आउनु पर्ने देखिन्छ । यती मात्र होइन् बालविकास कक्षा कोठाको पर्खाल छ तर आधा घेरिएको छ, झ्याल छ तर, त्यसमा ढोका छैन् । चिसोको समयमा झ्याल र आधा पर्खालबाट सरसरी हावा पस्ने गर्छ ।
यता विद्यालयका साहायक प्रधानाध्यापक सदानन्द झाले भन्नुभयो, ‘हामिसँग पर्याप्त बेन्च डेस्क छैन्, बच्चाहरुलाई आफ्नै घरवाट बोरा ल्याउन भनेका छौं, उनीहरुलाई भुँईमा बसाउनुको अर्को विकल्प नै छैन्, हामी के गरौ ।’ झाका अनुसार हाल विद्यालयमा २० जोडि जति बेन्च डेस्क मात्रै छ ।
‘३ सय ६५ बालबालिका छन् र बेन्च डेस्क २० जोडि जति, त्यतिले कहाँ पुग्छन् र ?’, प्रश्न गर्दै झाले भने, ‘बालविकासदेखि लिएर कक्षा ४ सम्मका लागि घरबाट आफ्नै बोरा ल्याउन भनेका छौ, बाँकिलाई जसो तसो प्रबन्ध मिलाउने गर्छौ ।’
यस्तै शिक्षक तथा भौतिक पूर्वाधारको अभावमा कक्षा कक्षा १ र २ एउटै कोठामा तथा कक्षा ४ र ५ का विद्यार्थीहरु बरन्डामा बसेर पढ्ने गरेका छन् । गरिबीको रेखामूनी रहेको यस गाविसमा अधिकांश स्थानियहरु पूर्ण रुपले खेतीमै निर्भर छन् । जसकारण उनीहरुको बालबच्चाहरु पढाईको बेला आफ्नो परिवारसँगै खेती गर्नमा बढी ध्यान दिने गरेका छन् । यसतर्फ जिल्ला शिक्षा कार्यालय सप्तरी, शिक्षामा काम गर्ने संघसंस्था तथा स्थानिय जिम्मेवार निकायले समेत ध्यान पु¥याउनु पर्ने आवश्यकता रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ