News Category 2073/09/21
संशोधन प्रस्तावना अगाडी नबढेसम्म कुनै पनि चुनाव मान्य नहुने ः रामसपा सचिव मण्डल
दैनिक समाचारदाता
राजविराज, २० पुस ।
राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रिय सचिव गजेन्द्र कुमार मण्डलले परिमार्जन सहितको संशोधन प्रस्तावना अगाडी नबढेसम्म कुनै पनि चुनाव मान्य नहुने बताउनुभएको छ ।
रामसपाका भातृ संगठन समाजबादी युवा लिगद्वारा बुधबार राजविराजमा आयोजित कार्यकर्ता भेटघाट तथा “बर्तमान राजनीतिक तथा संगठनको अबस्था र भावि रणनीति” बिषयको एक दिने छलफल कार्यक्रममा प्रमुख अतिथिको आसन्नबाट उहाँले सो कुरा बताउनुभएको हो ।
उहाँले देशमा शान्ति स्थायीत्व र संविधान कार्यान्वयनको लागि मधेशी, जनजाती, आदिवासी सहित सम्पुर्ण उत्पिडनमा परेका समुदायहरुको मांग सम्बोधन हुनुपर्ने जरुरी रहेको बताउँदै त्यसो नभए मुलुक ठूलो दुर्घटनातर्फ जाने निश्चित रहेको जिकिर गर्नुभयो ।
उहाँले पार्टीका सम्पुर्ण भातृ संगठनका पदाधिकारीहरुलाई सांगठित रुपमा तयारी गरी अगामी आन्दोलनको तयारीमा लाग्न समेत अनुरोध गर्नुभयो ।
युवा लिगका जिल्ला अध्यक्ष शैलेश कुमार यादवको अध्यक्षतामा आयोजित सो कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य बिरेन्द्र साह, जिल्ला अध्यक्ष शतिस कुमार सिंह, युवा लिगका केन्द्रीय संयोजक रणधिर सिंह, जिल्ला उपाध्यक्षद्वय उपेन्द्र चौधरी, जुगेशवर मण्डल, युवा लिगका केन्द्रीय उपाध्यक्षद्वय मुकेश कर्ण, भबेश मिश्रा, केन्द्रीय युवाका महासचिव संजिब साह, केन्द्रीय सचिव मनसारुल हक, केन्द्रीय सचिव भुपेन्द्र यादव, जिल्ला सचिव श्रवण यादव, युवा लिगका जिल्ला उपाध्यक्ष नरेश कुमार मण्डल, जिल्ला सदस्य सुरेश पटेल लगायतकाहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ