News Category 2073/09/22
एकै परिवारका १६ मध्ये ६ जना नेत्रहीन थप एक बालकले देख्न छोड्यो
नवीनकुमार गुप्ता
राजविराज, २१ पुस ।
एकै परिवारमा एक वा दुई जना अपाङ्गता भएका व्यक्तिहरु हामी सहजै देख्न पाउछौं । तर, १६ जनाको एकै परिवारका ६÷६ जना व्यक्ति नेत्रहीन भएको विरलै देख्न पाइन्छ । यस्तो दृश्य सप्तरीको एक परिवारमा रहेको छ । परिवारका ती ६ जनै व्यक्तिहरु जन्मेदेखी नै नेत्रहीन तथा त्यस मध्ये एक जना शारिरीक अपाङ्गता समेत छन् ।
सप्तरीको गम्हरीया प्रवाहा गाबिस वडा न. ४ पट्टी टोलको मण्डल परिवारमा ६ जना अपाङ्गता भएका व्यक्तिहरु सरकारबाट पाउने सेवा र सुबिधा समेत नपाउँदा बिचल्लीमा परेका छन । १६ जनाको एउटै परिवारका दुई दाजु भाई, उनका बहिनी, श्रीमति र दुई छोरा सहित ६ जना अपाङ्ग रहेका छन । तर, ती अपाङ्गहरुले राज्यबाट पाउनुपर्ने सेवा र सुविधाहरु अझै पाउन नसक्दा बिच्चली भएको छ ।
घरपरिवारका सबै जना नेत्रहीन हुँदा घरको जोहो गर्न धौं धौं परेको उनीहरु बताउँछन् । उनीहरुसँग दुई वटा टिनको छानो भएपनि वरिपरी पर्खाल बिनाको घर छ । घर भित्र पराल ओछ्याएर राती सुत्ने गरेका छन् भने जाडो र वर्षा छल्न उनीहरु निकै अफ्ठ्यारोमा पर्ने गरेको छ ।
हालसम्म कुनै पनि निकायले मद्दतका लागि हात नबढाएको गुनासो गर्दै शम्भु मण्डल भन्नुहुन्छ, “जसोतसो जिवन बिताइरहेका छौं, छिमेकीको सानातानो काम गर्दै परिवारको लालनपालन गर्दैछु ।”
परिवारका ठूला सदस्य दाई ५० वर्षिय शम्भु मण्डल, भाई ४५ वर्षिय शिव नारायण मण्डल, उनकी श्रीमती ४० वर्षिया गिता देवी मण्डल र उनका ८ वर्षिय छोरा भुपेन्द्र मण्डल, शम्भुकी बहिनी ४२ वर्षिय जयकला देवी मण्डल र उनका श्रीमान्सहित ६ जना नेत्रहीन छन् । त्यस मध्ये शिवनारायणका छोरा भुपेन्द्रलाई अहिले केही दिनदेखी साँझपख देख्न छोडेको छ भने बहीनी जयकला नेत्रहीन सँगै शरिरीक अपाङ्गता समेत छिन् ।
उनीहरुमध्ये दाजु शम्भु, भाई शिव नारायण र बहिनी जयकलाले २०६७ देखि २०७१ असारसम्म राज्यबाट पाउनु पर्ने सेवा र सुविधाहरु पाएपनि पछिल्लो दुई वर्षदेखि ती सेवा र सुविधाहरु बञ्चित भएका छन् । शम्भुको दुई छोरा र दुई छोरी, शिव नारायणको दुई छोरा र एक छोरी तथा जयकलाको दुई छोरा र एक छोरीको लालन पालनमा निकै समस्या भइरहेको छ । राज्यबाट पाउने सेवा र सुविधाहरु बन्द भएपछि छोराछोरीहरुलाई पालन पोषणमा निकै समस्या भइरहेको छ ।
२०६८ सालमा घरधुरी सर्वेक्षण गर्न आएपछि मात्र अपाङ्गता भएका परिवारबारे बिस्तृत जानकारी प्राप्त भएको बताउँदै गम्हरिया प्रवाहा गाविसका सामाजिक परिचालक शिवशंकर मेहता भन्नुहुन्छ, “हालसम्म कुनै पनि स्थानिय निकायले यी परिवारप्रति हात नबढाए पनि मैले सक्दो सहयोग गदैआएको छु ।”
सरकारले अहिले पूर्ण अपाङ्गता भएकालाई रातो काड, समान्य अपाङ्गलाई हरियो काड लगायतका व्यवस्था गरेपछि उनीहरुले रातो काडका लागि बालबालिका कार्यालयदेखि लिएर सगरमाथा अपाङ्ग संघ लगायतका विभिन्न निकायमा महिनौ दिनसम्म धाउँदा पनि कुनै सुनुवाई भइरहेको छैन् ।
गाबिस सचिव हरेराम यादवले यसअघि गाबिसबाट पाउने सेवा र सुबिधाहरु उनीहरुलाई प्रदान गर्दै आएको तथा पछिल्लो वर्ष राज्यले पूर्ण अपाङ्गतालाई मात्र सेवा सुबिधा दिने निर्णयपछि उनीहरुसँग रातो काड नभएकाले राज्यबाट पाउनुपर्ने सेवा र सुबिधा पाउँनबाट बञ्चित हुनु परेको बताउछन् ।
सो परिवारका बालबालिकाहरुमा देखा परेको नेत्रहीनताको प्रवृती रोक्नका लागि स्वास्थ्य निकायले समयमा सजकता अपनाउनु जरुरी छ भने बालबालिकाप्रति बढी चासो देखाउने युनिसेफ तथा सेभ द चिल्ड्रेन जस्ता अन्तराष्ट्रिय संघसंस्थाहरुले ढिलो नगरि मण्डल परिवारतर्फ सहयोगको हात बढाउनु आवश्यक छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ